सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता हिट गीतका गायक सुनिल गिरीको नयाँ गीत ‘दिउँला माया तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ।
‘दिउँला माया तिमीलाई’ सोल्टिनीको भाग २ हो। यो तनहुँको पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ।
बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोका बिचमा गज्जबसँग खुलेका छन्। सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ ।
सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ। मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन्। भिडियोमा विवेक विकको छायांकन र सम्पादन र कलरिङ छ ।
हेर्नुहोस भिडियो