पछिल्लो समय निकै व्यस्त रहेकका नायक अनमोल केसी चलचित्र ‘पारस’ मा पनि देखिदैछन्। आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा नयाँ अभिनेत्रीसँग अनमोल देखिने भएका हुन्।
यस चलचित्रको लागि आग्या करनजीत फाइनल भइसकेको बताइएको छ। यस चलचित्रलाई लिएर दर्शकहरु निकै उत्साहित भइरहेका छन्।
उनी हाल अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ मा देखिदैछन्।