दाइहरूसँग स्कूलको होमवर्क सिक्ने क्रममा प्रकृति भट्टराई, बस्नेतले राजनीतिक शब्दावली समाजवाद, कम्युनिज्म जस्ता शब्दको अर्थ बुझेकी थिइनन्।
स्नातक तहमा 'सोसल वर्क' पढ्न सेन्ट जेभियर पुगेपछि दाइहरूसँग हुने राजनीतिक गफ छुट्दै गयो। गफको न्यास्रो मेटाउन उनले आफ्नै कक्षाका साथीहरूसँग प्रयास गरिन्। तर संसारभरका गफ हुने उनका केटी साथीहरूको टेबलमा राजनीतिक गफ गर्ने माहोल बनेन।
उनी साथीहरूको राजनीति प्रति अरूचि देखेर अचम्म मान्थिन्। स्थानीय तहको चुनाव हुने समयमा उनी कुनै राजनीतिक पार्टीमा इन्टर्नसिप गर्दै थिइन्। भोट हाल्न प्रेरित गर्ने अभियान चलाउँदा काठमाडौँको क्षेत्र नं १ मा रोजगार महिलाहरू भेटिन् जोसँग भोट हाल्ने कार्ड थिएन। उनीहरू श्रीमान र ससुराले जसलाई भन्छन् उनीहरूलाई भोट हाल्न तयार थिए।
त्यही घटनाले प्रकृतिले महिलाका लागि राजनीतिक साक्षरता बढाउने संस्था खोलिन्। उनले आफ्नो संस्थाको नाम नै राखिन्, महिलाका लागि राजनीतिक साक्षरता।
नेपाली जनसंख्याको ५१ प्रतिशतभन्दा धेरै संख्या महिलाको छ तर प्रकृतिले भेटेका धेरै महिलाहरू महत्वपूर्ण क्षेत्र राजनीतिबारे जानकार थिएनन्, चासो राख्दैनथे।
आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौँ संस्करणमा सहजकर्ता अभियन्ता जगन्नाथले ‘युवाको नजरमा नेपाल’ शीर्षकमा यी तीन वक्ताको परिचय व्यक्त गरे।
फरक नजरले समाज बुझेका, बाँच्नको लागि संघर्ष गरेका युवाहरूले आफ्नो भविष्य नेपालमा कस्तो देखेका छन् भन्नेमा छलफल अगाडि बढेको थियो।
सौगात वाग्ले २०५६ साल फागुनमा जन्मिए। सानोमा उनकी दिदीभन्दा उनी फरक स्वाभावमा देखिए। उनमा केही समस्या भएको थाहा भएपछि सामाजिक लाल्छना उनको आमाले भोग्नुप¥यो। बच्चा सुस्त मनस्थितीको भन्दा आमाले पत्याइनन्। वाग्लेलाई नेपाल आँखा अस्पतालले दृष्ट्रिमा समस्या भएको प्रमाणित ग¥यो।
उनी हुँर्कदै गर्दा आमाले धेरै दु:ख पाइन्। सौगात विश्वज्योति बोर्डिङमा भर्ना भए तर दृष्टि क्षमता कमजोर भएको कारण ४ वर्षसम्म नर्सरीमा बसे। उपचार अनि पढाइका क्रममा उनले घर छोडे।
शिक्षा अनि आर्थिक पहुँचमा उनी जस्ता दृष्टिविहिन अनि फरक शारीरिक क्षमता भएका व्यक्तिहरूको स्थिती के छ भनेर पत्ता लगाए। सबै अवस्था सामान्य हुँदा पनि आफू असामान्य देखिनुले उनमा प्रश्न ल्यायो, 'हामीलाई किन समान व्यवहार गरिदैन?'
डा. भावना तामाङले विद्यालय आफूसँग छुटेपछि मात्र त्यसको महत्व बुझिन्। बाआमाको सम्बन्ध विच्छेद भएपछि उनको पढाई छुट्यो अनि उनलाई पढ्ने भोक जाग्यो। घरमा आर्थिक भार आमाको काँधमा आएको देखेपछि उनले ‘केयर टेकर’ भएर काम गरिन्। त्यो बेला उनको लागि पैसाभन्दा ठूलो केही थिएन।
तर पढाइको भोकले मन निमोठेपछि आमासँग गुहार्न पुगिन्। आमाले पहिलेको जस्तो महंगो विद्यालयमा पढाउने हैसियत राख्दिन थिइन्। आमालाई समता स्कूलको बारेमा थाहा थियो, त्यसैले १०० रूपैयाँ मासिक तिरेर उनी विद्यालय पढ्न जान थालिन्। विद्यालयमा उनले किताबी ज्ञान मात्र होइन, व्यवहारिक शिक्षा पनि सिक्ने अवसर पाइन्।
अध्ययनहरूले आर्थिक रूपमा विपन्न ६० प्रतिशत विद्यार्थी 'प्लस २' माथि पढ्दैनन् भन्ने देखाएको छ। अपाङ्गता भएका ५ प्रतिशत विद्यार्थी मात्र विद्यालय जान पाउँछन्। ड्रप आउट हुनेमा महिला विद्यार्थी धेरै हुन्छन्।
डा. भावना गुरूङले आर्थिक विपन्नता भएको युवा कसरी पढाईबाट अलग्गिएका छन्, भन्ने बारेमा बुझाउन आफ्नो कथा सुनाइन्। उनि जस्तै कम आय भएको परिवारको स्कूल बनेको समता शिक्षा निकेतनमा कसरी पढ्नलाई प्रेरणा दिइन्छ भनेर बुझाइन्।
‘७० हजार विद्यार्थी समतामा पढ्छन्। आर्थिक रूपमा विपन्न बच्चालाई स्कूलामा ल्याउन समता मोडल ठीक छ?’ भन्ने प्रश्नमा विद्यालय छोडेका विद्यार्थीलाई पढाईमा आकर्षण गर्न परिवारको भूमिका रहने बताइन्। उदाहारण उनकी आमा थिइन्।
उनि र उनीजस्तै बच्चाहरूलाई विद्यालय फर्काउन एप्रोज गर्ने धेरै तरिका आवश्यक रहेको उनले बताइन्। उनको अनुभवमा अवसरले मात्रै विद्यालय पु¥याउँदैन। भनिन्, ‘अहिलेको अवस्थामा यसमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ।’
सौगात वाग्लेले फरक क्षमता भएको मानिसलाई साहित्य र चलचित्रले पनि एकै डालोमा हालेर देखाएकोले दयाको पात्रमा सीमित गराएको बताएका छन्। उनले व्यवस्थापन अध्ययन गरेर बैंकमा खाता खोल्दासम्म भोगेका संघर्षले आफूजस्तैको लागि आर्थिक पहुँच हुनुपर्ने आवश्यकता औल्याएको छ।
प्रकृतिले आफूजस्तै युवामा राजनीतिक वितृष्णा भए पनि उनीहरूमा राजनीतिको बारेमा जान्ने उत्सुकता भएको अनुभूत गरेकी छन्।
उनले युवाहरू राजनीतिभन्दा बाहिर रहनुको ३ कारण देखाइन्,
१. केही वर्षयता सामाजिक, राजनीतिक अधिकारकर्मी युवामैत्री गर्ने भनेर आए। अर्को जमातले युवालाई अनुग्रह गरेन, उनीहरुलाई गम्भीर रूपमा लिइदिएन्
२. राजनीतिलाई यति पर राख्यौँ की कुनै क्षेत्रमा सफल व्यक्ति भयो भने त्यसलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने बुझाई छ। यसले हिरो बन्न राजनीतिभन्दा टाढा बसे हुन्छ भन्ने बुझाई
३ भातृ संगठनले नयाँ पुस्तालाई ल्याउन नसक्नु – विद्यार्थी राजनीति चाँहीदैन भन्ने अवधारणा आयो। वितृष्णा पनि छ विद्यार्थी नेता पार्टीको झोला बोकेर हिड्ने भए।
युवाहरू राजनीतिमा आउँन, बुझ्न इच्छुक छन् तर ठाउँ, अवसर नपाएर हच्किएका छन्। इनअफ-इज-इनअफ आन्दोलनपछि महिलाहरू राजनीति बुझ्न उत्सुक भएको उनको अनुभव छ। तर महिलाहरू अझै हिरो पात्रको रूपमा यो पुस्ताले नदेख्ने उनले बताइन्।
‘फिमेल प्रोटागनिस्ट पुस्तकमा पनि १० प्रतिशत छ, मानिसको कल्पनामा शून्य। मानिसको कल्पनामा स्थापना गर्न यो पुस्ताको समय लाग्छ,’ युवालाई राजनीतिमा आकर्षित गर्न र महिलालाई हिरो बनाउनको लागि ‘टप टु बटम अप्रोच’ भन्दा पनि ‘बटम टु टप अप्रोच’ लागू गर्नुपर्ने उनले बताइन्।