मिस युनिभर्स नेपाल (एमयुएन) को नयाँ फ्रेन्चाइज 'ब्रेभ, बोल्ड एन्ड ब्युटिफुल प्राइभेट लिमिटेड' ले सुरू गरेको मिस युनिभर्स नेपालले यस वर्षको उत्कृष्ट १८ प्रतियोगी घोषणा गरेको छ।
एमयुएनले मंगलबार मेरिएट होटेलमा समारोहमा आयोजना गर्दै उत्कृष्ट १८ छनौट गरेको हो। सो समारोहमा उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यबारे बताएका थिए। त्यसैको आधारमा उपस्थित मिडियाका प्रतिनिधि 'सोसल एड्भोकेसी' विजेताका लागि भोटिङ गरे।
उक्त भोटिङको परिणामको आधारमा नीना कान्त मन्डल 'सोसल एड्भोकेसी' विजेता बनेर एमयुएनको उत्कृष्ट १० मा पुगेकी हुन्। मिस यूनिभर्स नेपाल विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्नेछिन्।
सामूहिक विविधताको उदाहरणका रुपमा स्थापित गर्न सौन्दर्य प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत समावेश गराइएको आयोजकले जनाएको छ।