कोभिड-१९ संक्रमणको स्थिति बढेको भन्दै बेलायतले नेपाललाई रेड लिस्टमा यथावत राख्दा भारतलाई भने लिस्टबाट हटाएको छ।
बिहीबार सार्वजनिक गरेको नयाँ कोभिड प्रोटोकलको सूचीमा बेलायतले भारतलाई रेड लिस्टबाट हटाए पनि नेपाललाई भने यथावत राखेको हो।
बेलायतको रेड लिस्टमा अधिकांश मध्यपूर्व, दक्षिण एसिया र पूर्वी एसियाका मुलुकहरू छन्।
भारतीय नागरिकलाई रेड जोनबाट हटाएर मापदण्ड अनुसार बेलायतको यात्रा गर्न पाउनेछन्।
नयाँ नियम अनुसार आगामी आइतबारदेखि बेलायत जानेले भारतीयले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने, दोस्रो र आठौं दिनमा कोभिड परीक्षण गराउनुपर्ने भएको छ।
यसैबीच, खोप लगाएका नेपाली नागरिकले वैधानिक भिसामा स्वीटजरल्यान्डमा यात्रा अनुमति पाउने भएका छन् । स्वीटजरल्यान्डको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै खोप लगाएका नेपाली, बेलायती र भारतीयलाई क्वारेन्टिन बिनै यात्रा अनुमति दिने जनाएको छ ।
स्वीटजरल्याण्डमा हिजो अगस्ट ४ देखि यो नियम लागू भएको छ।