स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा चाँडै नै एफसेवेन यूथ सार्वजनिक गर्ने भएको छ। यसमा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिन उपलब्ध छ।
कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गर्ने तयारी गरेको हो।
यसमा नयाँ कलर ओएस ५.०मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली छ।
कम्पनीले हालसम्म मूल्यका बारेमा आधिकारिक जानकारी गराएको छैन। जुन महिनाभित्रै फोन सार्वजनिक हुने बताइएको छ। ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले अत्याधुनिक प्रविधि सुसज्जित नयाँ फोन आकर्षक मूल्यमा उपलब्ध गराउने बताए।