स्वीट्जरल्याण्डको एक रेलमा २ करोड ३२ लाख रुपैयाँ (एक लाख ९० हजार अमेरिकी डलर) बराबरको सुन भेटिएको छ।
गत अक्टोबरमा सेन्ट गालेनबाट लुसर्नी पुगेको रेलबाट अधिकारीहरूले प्याकेजमा उक्त सुन भेटाएका थिए। सुरूमा अधिकारीहरूले गोप्य रूपमा सुनका मालिक पत्ता लगाउन प्रयास गरेका थिए। तर अहिलेसम्म उक्त सुनका मालिक फेला नपरेपछि अधिकारीहरूले सुन दाबी गर्न सार्वजनिक रूपमै सूचना जारी गरेका छन्।
सुनधनीले पाँच वर्षसम्म सुन दाबी गर्न सक्ने लर्सुनीका अधिकारीहरूको भनाइ छ। यसरी सुन दाबी गर्न जाँदा सुन आफ्नो हो भन्ने यथेष्ट प्रमाण भने लिएर जानु पर्नेछ।
रेलमा यति धेरै सुन भेटिएको र त्यो कसैले पनि दाबी नगरेको घटना अहिले स्वीट्जरल्याण्डमा चर्चाको विषय बनेको छ।
तीन वर्षअघि जेनेभाका रेष्टुरेन्ट र बैंकका शौचालयमा ५ सय युरोका केही नोटहरू जाम भएको अवस्थामा फेला परेका थिए।