इन्टरपोलको ८७ औं महासभामा भाग लिन नेपाल प्रहरी आईजीपी सर्वेन्द्र खनाल दुबई पुगेका छन् ।
खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी लगायतका अधिकारी बिहान दुबइ पुगेका हुन् ।
खनाललाई दुबईमा एनआरएनले स्वागत गरेको थियो। दुबईमा आजदेखि देखि ४ इन्टरपोलको सभा हुदैँछ।
दिनसम्म चल्ने महासभामा अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथामको विषयमा छलफल हुने छ । नेपालले पनि सुरक्षाका विषयमा प्रस्तावहरु सभामा राख्ने खनालले बताएका छन्।
सभाले इन्टरपोलको अध्यक्ष पनि चयन गर्नेछ। उनी ७ गते काठमाडौं आइपुग्ने कार्यक्रम छ। खनाल आइजी उडेपछि निमित्त आइजीको जिम्मेवारी एआइजी पुष्कर कार्कीले पाएका छन्।