काम छोडेर राजदूतवासको शरणमा पुगेका महिलाले सेफहाउसमा तीज मनाएका छन्। ओमानको मस्कटस्थित नेपाली दूताववासको सेफहाउसमा रहेका महिलाहरूले राजदूत शर्मिला पराजुली ढकालसँगै तीज मनाएका हुन्।
राजदूत ढकालले नै पीडित बनेर दूतावास पुगेका महिलाका लागि दर खाने र तीज मनाउने कार्यक्रम आयोजना गरेकी हुन्।
बिचौलियामार्फत् घरेलु कामदार बनेर अवैध रूपमा ओमान पुगेर उनीहरू समस्या परेपछि भागेर दूतावासको शरणमा आएका हुन्।
विभिन्न समस्या झेलिरहेका उनीहरू दूतावासको कार्यक्रममा रमाए।
‘स्वदेशमा भएको भए उहाँहरूले तीज मनाउनुहुन्थ्यो होला,’ राजदूत ढकालले भनिन्, ‘ उहाँहरू घरदेखि निकै टाढा हुनुहुन्छ। न्यास्रो नलागोस् भनेर तीज मनाएका हौं।’
राजदूत ढकालले सेफहाउसमा रहेका महिलालाई लत्ताकपडासमेत दिएकी थिइन्।