आगामी भदौ ७ देखि तीन दिनसम्म चल्ने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनको तयारी तिब्र भएको छ।
आयोजक मुलुकको नाताले यूएई एनसिसी सक्रियतापूर्वक लागिपरेको हो। कार्यम्रकमलाई सब्य एवम् भब्य बनाउन युएई एनसिसीको पूरै टिम सक्रियतापूर्वक लागेको छ।
दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने सम्मेलनको लागि बिभिन्न उपसमिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ युएईले उक्त सम्मेलन भब्य रुपमा सम्पन्न गराउन आबस्यक सम्पूर्ण जिम्मेवारी अगाडि बढाएको जानकारी दिएको छ।
एनआरएनए युएईले आफ्ना पदाधिकारीहरुलाई कार्य बाँडफाँड गर्दै विभिन्न उप-समिति निर्माण गरेको हो। जसका लागि मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठ र सम्पूर्ण पदाधिकारीहरुको सक्रियता बढी नै देखिएको छ ।
युएईमा दोस्रो पटक हुन् लागेको मध्यपूर्व सम्मेलन २०११ पनि भएको थियो। अहिलेको मध्यपूर्व भेलाले श्रमिक र मध्यपूर्वका समस्याका बारेमा ठोस कुराहरु सरकारसम्म पुर्याउँदै समस्या समाधानमा पहलकदमी लिन सक्ने सम्भावानाको रुपमा समेत हेरिएको छ।
भिजिट भिसा, घरेलु कामदारलगायत विभिन्न समस्या रहेको मध्यपूर्वमा बिश्व भरिका एनआरएनएहरु र सरकारी तहबाट समेत हुने प्रतिनिधित्त्वले केही हदसम्म यहाँका समस्यालाई हल गर्ने अनुमान गरिएको छ।