मुस्लिम समुदायको रमाजान पर्वमा बेला बन्द रहेका दुबईका नेपाली रेष्टुरेन्टहरू धमाधम खुल्ने तयारीमा जुटेका छन्।
एक महिनासम्म चल्ने रमाजानका बेला रेष्टुरेन्टहरू बन्द भएका थिए।
सो अविधमा रेष्टुरेण्टलाई नयाँ रूप दिनको लागि मर्मत सम्भार तथा नयाँ संरचना बनाउने गरिएको छ।
मुस्लिम समुदायका धर्मावलम्बीहरू व्रत बस्ने तथा धार्मिक कार्यमा व्यस्त हुने भएका कारण रेष्टुरेण्टको मर्मत तथा नयाँ संरचनाहरू बनाउने गरेको दुबईस्थित बरदुवईमा रहेको याक एण्ड यती नेपाली रेष्टुरेन्टका व्यवस्थापक कृष्णले जनाए।
उनका अनुसार रमाजानको बेला यहाँ त्यति धेरै काम हुँदैन, काम गर्ने श्रमिकहरू पनि बिदा बस्ने गर्छन्।
सोही अवसरमा रेष्टुरेण्टहरूको मर्मत कार्य गरिने गरिएको छ।
दुवईमा मात्र दर्जन भन्दा बढी नेपाली रेष्टुरेन्टहरू छन्।
सन् २०११ देखि स्थापना भएको याक एण्ड यती नेप्लीज कुजीन विथ लाइभ इन्टरटेन्मेण्ट रेष्टुरेन्टले पनि नेपाली लोक संस्कृति तथा नेपालीहरूको माग बमोजिम सेवा दिँदै आएको छ।