दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले आकस्मिक सामुदायिक रेस्पोन्स टुलकिट सार्वजनिक गरेको छ।
हाप्सा नेपालले दरबार हाइ स्कुल काठमाडौंमा शिक्षक तथा विद्यार्थीहरुलाई पहिलोपटक सिपिआर र चोकिङ प्राथमिक उपचार तालिम प्रदान गर्दै टुलकिट मोबाइल एप सार्वजनिक गरेको हो।
यसले नेपालका विद्यालयहरू र समुदायमा आपतकालीन तयारी सुदृढ गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने हाप्सा नेपालक संस्थापक डा. रामु खरेलले बताए।
हाप्सा नेपालले सडक साथी नामक संस्थाको प्राविधिक सहयोगमा बनाएको यो एपले नेपाली भाषामा आपतकालीन र चोटपटकको हेरचाहका सरल व्यवहारिक भिडिओहरु प्रदान गर्नेछ।
यस एपमा घाँटीमा कुनै वस्तु अड्किएर निसासिँदाको प्राथिमक उपचार(चोकिङ) र रक्तश्राव नियन्त्रण, जलन, फ्र्याक्चर समायोजन,मुटुको चाल रोकिएको अवस्था(कार्डियाक एरेस्ट) तथा अन्य आपतकालीन अवस्थाहरुमा कसरी मद्धत गर्न सकिन्छ भन्ने विषय समेटिएको छ।
-1763619145.jpeg)
-1763619145.jpeg)
-1763619141.jpeg)
-1763619141.jpeg)
-1763619145.jpeg)
-1763619145.jpeg)
-1763619141.jpeg)