कम्बोडियामा राहदानी शिविर चल्ने भएको छ। बैंकक स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै ३१ मे २०२५ मा शिविर सञ्चालन हुने जनाएको छ।
शिविर समय बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने उल्लेख गरिएको छ।
यो समयमा त्यहाँ रहेका नेपालीले राहदानी नवीकरण तथा हराएको राहदानीको हकमा नयाँ राहदानी सेवा लिन सक्नेछन्।
राहदानी नवीकरणका लागि अनलाइन आवेदन फारम भर्नुपर्ने दूतावासले जनाएको छ।
राहदानी नवीकरणका लागि सक्कल नागरिकता र राहदानी साथ लैजानु पर्नेछ। नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकता, राहदानी र विवाहदर्ता प्रमाणपत्र आवश्यक पर्ने उल्लेख छ।
हराएको राहदानीको हकमा नयाँ बनाउन पर्ने भएमा माथि उल्लेख भएका कागजातका साथै प्रहरी रिपोर्ट हुनुपर्नेछ।
राहदानी नवीकरणका लागि १० वर्ष मुनिका नाबालकका लागि ४० अमेरिकी डलर शुल्क लाग्नेछ।
१० वर्ष माथिका सबैका लागि ८० डलर शुल्क लाग्नेछ। हराएको, च्यातिएको वा जलेको राहदानीको लागि १२० अमेरिकी डलर शुल्क लाग्नेछ।