सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु


सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ।

शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिमेकी सुकपाल विश्वकर्माले जानकारी दिए।  लाम्गादेको शव नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.