सुरेश भट्टको अध्यक्षतामा गैर आवासीय नेपाली संघ कतारको राष्ट्रिय तदर्थ समिति गठन भएको छ।
आइसिसी सदस्य सरिता चिलुवालको अध्यक्षतामा बसेको शुक्रबारको भेलाले भट्टको अध्यक्षता समिति गठन गरेको हो।
भेलाबाट निर्वाचित तदर्थ समितिका अध्यक्ष भट्टले मौजुदा एनआरएनए कतारले गरेका गल्तीलाई खबरदारी गर्दै आगामी दिनमा कतारमा रहेका नेपाली श्रमिकको उत्थानको निमित्त अग्रसर र साझा संस्था बनेर लाग्ने बताए।
नेपाली श्रमिकलाई एकताबद्ध गर्दै श्रमिकहरूका निमित्त चेतनामूलक अब क्रमशः कार्यक्रमहरुको आयोजना गरिने समेत उनले बताए।
यस्तो बन्यो तदर्थ समिति
अध्यक्ष–सुरेश भट्ट, वरिष्ठ उपाध्यक्ष–सुनिल कुमार घिमिरे, उपाध्यक्ष– मोहम्मद कलम हुसैन खान, उपाध्यक्ष– सोमनाथ कँडेल, महिला उपाध्यक्ष– मञ्जु खनाल आचार्य, महासचिव– ध्रुवराज अधिकारी, सचिव– पुष्पराज कोइराला, सचिव– प्रेम नेपाल, सचिव– रमेश पौडेल क्षेत्री, कोषाध्यक्ष– सूर्य नारायण सापकोटा, सह कोषाध्यक्ष– अब्दुल रहमान, युवा संयोजक– हेमराज रिमाल, सदस्यहरूः राधा कृष्ण अधिकारी, रूप रसाइली, अमित रिजाल, योगेन्द्र तामाङ, मुहसिन नासिर, प्रकाश बराल, प्रकाश यादव, लोकबहादुर बराल, अजय कुँवर, सबिना आचार्य, आरिक शेख।