दाङको बखरियामा करेन्ट लागेर दुवै हात गुमाएका रुकुमका कृष्ण ओलीलाई कतारमा रहेका नेपालीहरूले सहयोग गरेका छन्।
कतारमा रहेका मदन पौडेलको अगुवाइमा संकलन भएको एक लाख ४६ हजार एक सय ६० रुपैयाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ओलीलाई हस्तान्तरण गरेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।