गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी कतारले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। सुरक्षा तथा जनचेतना अभिवृद्धि समितिको सक्रियतामा अद्यौगीक क्षेत्र सनैयामा रहेको कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा जुलाई २७ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको छ।
बिहान ९ बजेबाट सुरु हुने स्वास्थ्य शिविरमा कतारमा रहेका नेपाली संघ संस्थाहरु र कतारमा कार्यरत नेपालीलाई उपस्थिति भै शिविरबाट लाभ लिनको लागी संस्थाले सूचना जारी गरेको छ।
शिविरमा ब्लड प्रेसर रक्तचाप जाँच, मधुमेह सुगर जाँच, बिएमआई जाँच, दातको जाँच गर्नुको साथै विशेषज्ञद्वारा अन्य स्वास्थ्य जाँच गरिने एनसीसी कतारले जनाएको छ।