बेलायतमा पत्रकारितामा दुई दशक बिताएका पत्रकार चिरन शर्मा ‘स्पेल्थोन सिभिक अवार्ड २०२५’ द्वारा सम्मानित भएका छन्।
उक्त सम्मान लन्डनस्थित स्पेल्थोन सिभिक अवार्ड ट्रष्टले सोमवार साँझ स्ट्यान्समा आयोजना गरिएको विशेष समारोहका बीच प्रदान गरिएको हो।
सन् १९८२ मा स्थापना गरिएको सिभिक अवार्ड ट्रष्टले बेलायती समुदायमा विभिन्न क्षेत्रमार्फत स्वयंसेवकको रूपमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।
शर्माले नेपाली संचारमाध्यममार्फत बेलायती नेपाली समुदाय र स्पेल्थोन नगरवासीहरूबीच सामाजिक एकीकरण, सांस्कृतिक समझदारी र बलियो सम्बन्ध स्थापित गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।
नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष समेत रहेका शर्माले विगत १८ वर्षदेखि नेपालब्रिटेन डट कम नामक समाचार पोर्टल सञ्चालन गर्दै आएका छन् । उनी नेपालको राष्ट्रिय दैनिक नागरिक न्यूजका बेलायत संवाददाता समेत हुन्। शर्मा उक्त सिभिक अवार्ड प्राप्त गर्ने पहिलो गैरआवासीय नेपाली हुन्।