मूनको बुसानदेखि ब्लु हाउससम्मको यात्रा र नेपाल साइनो

मूनको बुसानदेखि ब्लु हाउससम्मको यात्रा र नेपाल साइनो




करिब ६५ वर्षअघि सन् १९५३ को जनवरी २४ उत्तर कोरियाको हामहुङको एक दम्पतिले पुत्र जन्माएको खुसियाली मनाए। ती दम्पति कोरियाली युद्वका कारण विस्थापित भएर दक्षिण कोरयाको बन्दरगाह शहर बुसानमा शरणार्थी जीवन बिताइरहेका थिए।

ती दम्पति सँगै हजारौ उत्तर कोरियाली शरणार्थी बुसानमा बस्दै आएका थिए। शरणार्थीसँगै कष्टकर र गरिबीका वापजूत पनि छोरा जन्माएकोमा त्यो दम्पति निक्कै खुसी थियो। तिनै दम्पतिका छोरा हुन मून जे इन अर्थात दक्षिण कोरियाको उन्नाइसौं राष्ट्रपति।

मून जन्मनु तीन वर्षअघि सन् १९५० डिसेम्बरमा त्यो दम्पति एक छोरीका साथ उत्तर कोरिया छोडेर दक्षिण कोरिया आएको थियो। उत्तरको हामहुङ गाउँ छोड्नुअघि तत्कालिन चिनियाँ सेनाले तीन दिन भित्र पुर्नस्थापना गर्ने आश्वासन दिएका थियो। तर, चिनियाँ सेनाको आश्वासन त्यसैमा सिमित भयो त्यो दम्पतिसँग विस्थापित हजारौ उत्तर कोरियालीलाई उनको भूमि फर्कन दिइएनन्।

शरणार्थी भएर बुसान बसेका मूनका बुबाले त्यहाँ रहेको एउटा कारागारमा काम गर्थे भने आमाले बजारमा अण्डा बेच्ने काम गर्थे । यसरी मुनका बुबा आमाले दुःख गरेर मूनलाई हुर्काएका थिए। दुःख र कष्टकर जिवनमा हुर्केका मून सन् १९७२मा बुसानस्थित एक स्कुलमा पढाई सुरू गरे। कानूनी विषय अध्ययन गरेका मूनले भने आफ्नो पढाई पुरा गर्न पाएनन्। तत्कालिन समयमा अहिलेका अपदस्थ राष्ट्रपति पार्क गुन्ह्येका बुवा पार्क चुङ हीको तानाशाही शासन थियो। सो शासनविरुद्ध मून आन्दोलनमा उत्रिए।

आन्दोलनमा लागेको भन्दै तत्कालिन पार्क सरकारले मूनसहित सयौं युवालाई जेलमा कोच्यो तर केही समयपछि भने रिहा गर्‍यो। त्यसपछि मून सन् १९७६ मा कोरियाली सेनामा भर्ती भएर सैन्य अपरेशनमा पनि संलग्न भए।

तर मूनले सैन्य सेवा धेरै गर्न रुचाएनन् अनि तीन जना साथीसँगै बुसानमा ल फर्म खोले। सो फर्ममा मूनका तीन जना साथी मध्ये एक जना पूर्वराष्ट्रपति रो मु ह्यून पनि थिए। मूनको ल फर्मले मानवअधिकार र नागरिक अधिकारका बारेमा वकालत गर्ने गर्‍यो। तर रो पनि राजनीतिकमा प्रवेश गरे भने मूनले कानून व्यावसायललाई निरन्तर दिए। मूनका साथी रो सन् दुई हजार तीनमा राष्ट्रपति भए।

सो बेला मूनले रोको मुख्य सल्लाहकार भएर राष्ट्रपति भवन अर्थात ब्लु हाउसमा बसे। रो माथि भ्रष्टाचारको मुद्दा लागेको बेला भने उनी सल्लाहकार पद छोडेर नेपाल भ्रमण गए। भ्रष्टाचार काण्डमा तत्कालिन संसदले महाभियोग लगाएर रोलाई निलम्बन गरेपछि रो ले आफ्नो अपमान भएको भन्दै आत्महत्या गरे। रोको आत्महत्याको खबर पाएपछि नेपालको हिमालय दृश्यवलोकन र ट्रेकिङ रहेका मून भ्रमण समय छोट्याएर कोरिया फर्किए। त्यसपछि उनी राजनीतिमा प्रवेश गरे अनि बुसानबाट सांसदमा निर्वाचित भए।

इमान्दार साथी रोको आत्महत्याले मर्माहत भएका मून सन् दुई हजार बाह्रमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा अहिलेका अपदस्थ राष्ट्रपति पार्क गून्ह्येसँग प्रतिश्पर्धा गरे। यद्यपी मून थोरै मतान्तरले पराजित भए। तर एक पटक असफलताबाट भाग्न नचाहने भ्रष्टाचारमा दोषि ठहरिदै पार्क पदमुक्त भएपछिको निर्वाचनमा भने जित हासिल गरेरै छाडे।

पार्क भ्रष्टाचार प्रकरणमा मुछिएपछि मूनको लोकप्रियता एकाएक बढ्यो भने सम्पन्न निर्वाचनमा अन्य दुई निकतम प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै चालिस प्रतिशतभन्दा बढी मत ल्याएर ब्लु हाउसमा प्रवेश गर्न सफल भए। मूनले एक करोड चौध लाख मत अर्थात चालिस दशमलब दुई प्रतिशत मत प्राप्त गरेका छन्।

भ्रष्टाचार नियन्त्रण, आर्थिक वृद्धि, बेरोजगारी अन्त्य, उत्तर कोरियासँग बढ्दो तनाब मत्थर लगायत मुद्दा सल्टाउन आफ्नो भूमिका महत्वपूर्ण हुने बताएका निर्वाचित राष्ट्रपति मून उत्तर कोरियाप्रति उदार मानिन्छन्। मुनको उदयसँगै उत्तर कोरियासँग बढ्दो तनाब कम हुने अपेक्षा गरिएको छ। मुनले निर्वाचन पूर्व र सोही क्रममा वार्ता मार्फत कोरियाली प्रायद्धिपमा शान्ति र स्थायीत्व कायम गर्न सकिने बताएका थिए।

मुनको विजयले यहाँ कार्यरत विदेशीलाई पनि खुसी तुल्याएको छ। उनी कामदारप्रति उदार मानिने यहाँ सक्रिय प्रवासी मजदुर संघका अध्यक्ष उदय राईले बताएका छन्।

मूनको नेपाल साइनो

नेपाल भ्रमण तथा भूकम्प पीडितलाई सहयोग गरेर नेपालीको मनमा बसेका मून चूनावी मैदानमा उत्रेसँगै उनको चर्चा बढेको थियो। उनको चुनावी प्रचार अभियानमा पनि नेपालीले साथ दिएका थिए। मून सन् २००४ मा नेपालको हिमालयको दृश्यवलोकनका साथै ट्रेकिङ गर्न गएका थिए। नेपाल भ्रमणपछि स्वदेश फिर्ता भएको बेला यहाँका सञ्चार माध्यमललाई दिएको अन्तर्वाताएमा उनले नेपालको सुन्दरता र रमणीय हिमश्रृखंलाको प्रशंसा गरेका थिए। त्यसपछि मून दुई वर्षअघि नेपालमा गएको महाभूकम्पपछि भूकम्पग्रस्तस्थलको अवलोकन गर्न नेपाल गएका थिए। पटक पटक नेपाल गएका तथा नेपाल प्रति निक्कै चासो लिने मून अहिले कोरिया जस्तो विकसित देशको राष्ट्रपति भएका छन् । उनको पाँच वर्षे कार्यकालमा नेपालले कोरियाबाट थुप्रै सहयोग र अनुदान लिन सक्छ ।

नेपाल सरकारको इच्छाशक्ति र चासो बढाए कोरियाले नेपालको पर्यटन, पूर्वाधार, विकास लगायत विविध क्षेत्रमा सहयोग र लगानी बढाउन सक्छ। कोरियाबाट फिलिपिन्स, भियतनाम, बंगलादेश जस्ता मुलुकले धेरै फाइदा लिएका छन्।

ती मुलुकहरुका कोरियाले विभिन्न उद्योग तथा कलकारखाना खोलेर देश विकास र समृद्धमा सहयोग गरिरहेको छ। नेपालले पनि मूनको कार्यकालमा धेरै सहयोग लिन सक्छ । कोरियनहरु हिमाल भने पछि हुरुक्कै हुन्छन्। उनीहरूलाई नेपालको बारेमा जानकारी दिन सक्यो भने पनि अहिले जाने कोरियन संख्या भन्दा सयौ गुणा बढी कोरियन पर्यटक नेपाल भित्र्याउन सकिन्छ । तर नेपाल सरकार र त्यसका मातहतका निकायले यस बारे अहिले सम्म प्रर्याप्त मात्रामा ध्यान पुर्‍याउन सकेको छैन्।

नेपाल सरकारले दूतावासमा राजदूत पठाउँदा कोरियाका बारेमा राम्रो जानकारी तथा भाषामा दक्ष भएको पठाए उसले नेपाललाई टेवा पुग्ने गरी कोरियन सरकारसँग प्रष्ट कुराकानी तथा डिल गर्न सक्थ्यो तर अहिलेसम्म त्यस्तो हुन सकेको छैन। अहिलेसम्म आएका राजदूतहरु पद र व्यक्तिगत कमाउ धन्दामा लिप्त हुने गरेको टिप्पणी बेला बेलामा हुने गरेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.