दक्षिण कोरोनामा पाँच महिनापछि एकै दिन दुई सय ७९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार पाँच महिनापछि आइतबार २ सय ७९ जनामा संक्रमण देखिएको हो।
यसमध्ये दुई सय ६७ जनामा समुदायस्तरबाट संक्रमण फैलिएको योन्हाप न्युज एजेन्सीले जनाएको छ।
योसँगै कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार ३ सय १८ पुगेको छ।
यसअघि मार्च ८ मा ३ सय ६७ जनामा संक्रमण देखिएको थियो। त्यसैगरी कोरियामा एकैदिन सबैभन्दा बढी संक्रमित फेब्रुअरी २९मा देखिएको थियो। त्यसदिन ९ सय ९ संक्रमित थपिएका थिए।
कोरियामा शुक्रबार १ सय ३ जनामा संक्रमण देखिएको थियो भने शनिबार १ सय ६६ जनामा संक्रमण देखिएको हो।
समुदायस्तरबाट सरेको संक्रमणमा एक सय ४१ जना राजधानी सउलका हुन्। ९६ जना भने खेयोङ्गी प्रान्तका छन्। अहिलेसम्म ८५ प्रतिशत संक्रमित यिनै दुई प्रान्तमा छन्।
अधिकारीहरूले संक्रमित अझै बढ्न सक्ने बताएका छन्।
'अहिलेको अवस्था ठूलो संख्यामा फैलिने संक्रमणको प्रारम्भीक चरण हो र यदि संक्रमण फैलिनबाट नजोगाए गम्भीर असर पर्न सक्छ,'स्वास्थ्यमन्त्री पार्क नियोन्हूले भनेका छन्।
पाँच महिनापछि धेरै संक्रमण देखिएपछि राष्ट्रपति मुन जाइ इनले नाजुक अवस्था आउन सक्ने भन्दै अधिकारीहरूलाई जसरी हुन्छ संक्रमणलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन्।