ठूलो संख्यामा उत्तर कोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आइपुग्यो


दक्षिण कोरियामा आयोजना हुने सितकालिन ओलम्पिकको पूर्वसन्ध्यामा उत्तर कोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आइपुगेको छ।
म्यानयोंगबङ् -९२ ब्यान्डको १ सय ४० सदस्यीय सम्जियोंग नामक उक्त सांगीतिक टोली मंगलबार दक्षिण कोरिया आइपुगेको होl
उक्त ब्याण्डले आउँदो बिहिबार खाङ्गेङ्ग कला केन्द्रमा आफ्नो पहिलो प्रस्तुति राख्ने छ भने आइताबार राजधानी सोलको नेसनल थिएटरमा दोस्रो प्रस्तुति दिने छl

सन् २००२ मा कोरियाको दोस्रो शहर बुसानमा आफ्नो प्रस्तुति राखेको म्यानयोंगबङ् ९२ ब्यान्डले यो पटक भने सिताकालिन ओलम्पिकको पूर्वसन्ध्यामा राजधानी सोलका बिभिन्न क्षेत्रमा प्रस्तुति दिने छ l

दुई कोरियाबीच तनाब चुलिदै गरेको अवस्थामा सिताकालिन ओलम्पिकमा भाग लिन उत्तर कोरियादेखि बिभिन्न विधाका खेलाडीहरू, सांगीतिक टोलि तथा उच्च पदस्त ब्यक्तिहरू दक्षिण कोरिया आउने क्रम जारि छl

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.