कोरियाको विश्व युथ मार्शल आर्टसमा नेपाललाई ३ स्वर्णसहित १९ पदक


दक्षिण कोरियाको जिन्छन शहरमा सम्पन्न प्रथम वर्ल्ड युथ मार्शल आर्टस् मास्टरसिपमा नेपालले ३ स्वर्णसहित १९ पदक जितेको छ। ५५ केजी समूहबाट सशिन मुक्तान, ५० केजी समूहबाट अस्मिता खड्का र ७० केजी समूहबाट दिपेन्द्र वोगटीले स्वर्ण पदक हात पारेका हुन् ।

१० मुलुकका खेलाडी सहभागी उक्त खेलमा नेपालले ३ स्वर्ण, ६ रजत र १० काश्य पदक हात पारेर दोस्रो स्थान हाशिल गरेको हो। सोमबार सम्पन्न खेलमा नेपालका विभिन्न तौल समूहका ४१ खेलाडीले सहभागिता जनाएका थिए।

नेपाल योङमुदो संघका अध्यक्ष मोहन कुमार कार्कीको नेतृत्वमा आएको नेपाली खेलाडीहरुले विभिन्न ९ तौल समूहमा भाग लिएका थिए। यसैगरी इन्टरनेशनल योङमुदो संघले अन्तर्राष्ट्रिय  रेफ्री तालिम मार्फत योङमुदो संघका लोकेन्द्र आचार्यलाई अन्तर्राष्ट्रिय रेफ्रीका रुपमा नियुक्त गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.