भारतको पश्चिम बंगाल राज्यमा ममता बनर्जीको पार्टी अखिल भारतीय त्रिणमूल कांग्रेसले अग्रता लिएको छ।
कुल ४२ सिटका लागि भएको निर्वाचनमा मुख्यमन्त्री बनर्जीको पार्टी २५ सिटमा अगाडि छ।
भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी भाजपाले भने १२ सिटमा अग्रता लिइरहेको छ।
पश्चिम बंगालमा कांग्रेस आई पाँच सिटमा अगाडि छ। २०१९ को लोकसभा निर्वाचनमा यो क्षेत्रबाट भारतीय जनता पार्टीले १८ सिटमा जित हासिल गरेको थियो।