भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार निधन भएको छ।
उनी ६५ वर्षका थिए।
उपचारका क्रममा उनको एम्स अस्पतालमा निधन भएको हो।
११ सेप्टेम्बरमा कोरोनाको रिपोर्ट पोजोटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वयं ट्विट गर्दै उनले यसको जानकारी गराएका थिए।
उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत दुःख व्यक्त गरेका छन्।