भीषण हावाहुरीका कारण भारतमा ७० भन्दा बढीको मृत्यु


भारतको राजस्थान र उत्तर प्रदेशमा आएको भीषण हावाहुरीका कारण कम्तिमा ७५ जनाको ज्यान गएको छ।

धूलो धुँवासहित आएको हावाहुरीका कारण बुधबार त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। हुरीका कारण विद्युत अवरुद्ध भएको छ भने ठूलो संख्यामा पशु चौपायाको पनि मृत्यु भएको छ। धेरै मानिसहरूको सुतेको समयमा नै एक्कासी आएको हुरीका कारण ज्यान गएको भारतीय प्रहरीले जनाएको छ।

यसैबीच पीडितहरूको उद्धारको लागि तत्काल टोली खटाइने राजस्थानका मुख्य मन्त्रीले बताएका छन्।

घटनाबाट भएको सम्पूर्ण क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.