चीनमा ७.० म्याग्निच्युडको भूकम्प


चीनको सिचुवान प्रान्तमा ७.० म्याग्निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी) ले जनाएको छ ।

स्थानीय समय अनुसार मङ्गलबार बेलुका ९:१५ बजे गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ ।

भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे समाचार तयार पार्दासम्म केही जनाइएको छैन । रासस/ सिन्ह्वा

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.