बुद्ध एयरले हवाई रुटको समस्या समाधान भएमा नेपालगन्ज–दिल्ली दैनिक तीन उडान भर्ने जनाएको छ।
नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै कम्पनीले चाँडो रुटको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। एयरका अध्यक्ष विरेन्द्रबहादुर बस्नेतले सरकारले भारतसँग रुटको समस्या चाँडो समाधान हुनेगरी पहल गर्नुपर्नेमा जोड दिए।
हाल नेपालगन्जबाट भारत जाँदा रुटको समस्या नरहे पनि फर्किँदा सिमरा हुँदै आउनुपर्ने बाध्यता छ।
सोमबार कम्पनीले उडानका लागि अनुमति माग्दै आवेदन दिएको छ। नेपालगन्ज– दिल्ली उडान हुँदा मानसरोवर आउने भारतीय पर्यटकलाई सहज हुने कम्पनीको विश्वास छ। यसले व्यापार प्रवद्र्धनका साथै समग्र पर्यटन विस्तारमा समेत टेवा पुग्ने बस्नेतले बताए।
बुद्धले अक्टोबर ५ देखि नेपालगन्ज–पोखरा दैनिक उडान थाल्ने जनाएको छ।