विश्वप्रसिद्ध सांगीतिक प्रतिस्पर्धामा नेपाली मुलका किशोर


क्यानाडाको टोरन्टोमा हुने ‘ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसन’मा हाल अमेरिकाको नर्थ क्यारोलाईना बस्दै आएका १७ वर्षिय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस) छनोट भएका छन्। नोभेम्बर ९ देखि ११ सम्म हुने प्रतिस्पर्धामा बिश्वका बिभिन्न मलुकका ६४ म्युजिक कम्पोजर छनोटमा भएका छन्।

प्रतिस्पर्धिले उक्त अवार्ड जित्न बिभिन्न चरणहरुमा आफ्ना १५ वटा सांगितिक प्रस्तुति गर्नुपर्नेछ। साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा हुनलागेको उक्त प्रतियोगिता सांगितिक क्षेत्रका प्रतिभा पहिचाहनको लागि कोसेढुंगा मानिन्छ।

आयोजकहरुले जनाए अनुसार बिगतमा यस प्रतियोगिताबाट छनोट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेका छन्।

संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिकालगायत बिश्वका बिभिन्न मुलुकका म्युजिक कम्पोजरहरुसँगै नेपाली मुलका बस्ताकोटी छनोटमा परेका हुन्। उक्त प्रतियोगितामा छनोटमा परेका नेपाली मुलका उनी पहिलो ब्यक्ति हुन्।

बिगत दुई वर्षदेखि सांगितिक क्षेत्रमा लागेका उनले पाश्चात्य संगीतको क्षेत्रमा (खास गरी हिपहप र आर एण्ड बि म्युजिक) मा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएका छन्। उनको संगीतमा अमेरिका, क्यानाडा, बेलायत लगायतका गायक गायिकाहरुले स्वर भरेका छन्। उनले सन् २०१५ मा क्यानाडाको क्यालगिरिमा भएको बिट ब्याटलस्स प्रतियोगितामा पनि अवार्ड प्राप्त गरेका थिए।

उनको सांगितिक यात्राका बारेमा बिश्व प्रसिद्ध कम्प्लेक्स म्यागाजिन, हिपहप क्यानाडा, गुड जुस बक्स लगायत पत्रिकाहरुमा पनि बारम्बार प्रकाशित भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.