अस्ट्रेलियाको भिक्टोरिया राज्यकी प्रिमियर जसिन्टा एलानले नेपाली नयाँ वर्ष २०८२ को शुभकामना दिएकी छिन्।
प्रिमियर एलानले शुभकामना सन्देश जारी गर्दै मेलबर्नमा भएको नेपाल फेस्टिभलको स्मरण गरेकी छन्।
१ महिना अघि भएको नेपाल फेस्टिभलमा भिक्टोरिया राज्यकी प्रिमियर एलान समेत सहभागी भएकी थिइन्।
साथै उनले भिक्टोरियामा रहेको नेपाली वाणिज्यदूतको कार्यालयलाई पनि दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन खेलेको भूमिकाको लागि धन्यवाद दिएकी छिन्।
नेपालका लागि भिक्टोरीयाका वाणिज्यदूत निरादन गौलीले भिक्टोरियाका प्रिमियरको शुभकामना सन्देशले नेपाली संस्कृति र परम्पराको जगेर्नामा उत्साह दिने बताए।
