लस भेगस शहरस्थित क्यासिनोमा अन्धाधुन्धा फायरिङ, २ को मृत्यु २४ घाइते


अमेरिकाको लस भेगस शहरस्थित एउटा क्यासिनोमा अन्धाधुन्धा गोली हानाहान हुँदा २ जनाको मृत्यु  भएको छ भने  २४ जना घाइते भएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार अाइतबार राती म्याण्डले बे क्यासिनोको माथिल्लो तल्लाबाट गोली हानिएको थियो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अाइतबार करीब १० बजे राती एउटा सांगीतिक कार्यक्रम भइरहँदा फायरिङ भएको थियो ।  कार्यक्रममा सहभागी भएका मानिसहरू भने गोली चलेको आवाज सुनेपछि सुरक्षित ठाउँमा लुक्न गएका  थिए।

घाइतेलाई उपचारका लागि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

विस्तृत विवरण अाउन बाँकी छ ।

(अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.