मायामी मेयरले राष्ट्रपति ट्रम्पलाई भने: जलवायु परिवर्तनलाई स्वीकार्नुस्


जसरी सामुन्द्रीक आँधी ‘ईरमा’ ले लाखौं मान्छेहरुलाई आफ्नो स्थान खाली गर्न बाध्य गरेको छ, मायामीका मेयर थोमस रेगालाडो भन्छन : “यदि यो जलवायु परिवर्तन होईन भने , मलाई थाहा छैन यो के हो।”

मायामी रिपब्लिकनका मेयरले शुक्रवार एक प्रेस भेटमा राष्ट्रपति डोनाल्ड ट्रम्प तथा बातावरण संरक्षण सस्थाका प्रमुखहरुलाई जलवायु परिवर्तन लाई स्वीकार्न अनुरोध गर्दै जलवायु परिवर्तनले आफ्नो शहर तथा अमेरिकी महाद्वीपमा यस गर्मी मौषममा नराम्ररी असर पुर्‍याएको बताएका छन्।

मायामी शहरको आपतकालिन सञ्चालन केन्द्रमा बोल्दै मेयर रेगालाडोले भने -‘यो समय जलवायु परिवर्तनका बारेमा कुरा गर्ने समय हो। यस समयमा राष्ट्रपति तथा बातावरण संरक्षण एजेन्सी लगायत जो निर्णयकर्ता छन तीनले जलवायु पर्विवर्तनका बारेमा छलफल गर्न आवस्यक छ।

मेयर रेगालाडोले अगाडि भने, ‘आफू यस आँधीका बेला अर्जेंन्टिनाबाट शुक्रबार बिहान आफ्नो शहर मायामी आएको र अनुगमन गर्दा “यदि यो जलवायु परिवर्तन हैन भने मलाई थाहा छैन कि यो के हो। यो एउटा वास्तविकता हो , वास्तव मै एउटा पोस्टर बच्चा हो जुन आउने तरखरमा छ।”

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.