नेपाल अमेरिका सोसाइटी (एएनएस) को आयोजनामा मानसिक श्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम भर्जिनिया राज्य अन्तर्गत फल्सचर्च सहरमा सम्पन्न भएको छ।
एएनएसबाट आयोजित उक्त सचेतनामूलक कार्यक्रममा विज्ञका रूपमा नेपाली मूलकी साईकोलिष्ट देविका फायोरिल्लो ,मानसिक रोग बिशेषज्ञ डा मदन उप्रेती , प्रोफेसर तथा मानसिक रोगका ज्ञाता डा. श्याम कार्की तथा फेयर फ्याक्स अदालत कि सम्पर्क अधिकारी पाउल किङ्गले आ-आफ्ना बिषयमा पावरपईन्ट मार्फत जानकारी गराएका थिए।
करिब सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको मूल उद्धेश्य नेपाली समुदायहरूमा बढ्दो तनाव,मानसिक रोग र आत्महत्या जस्ता गतिविधिलाई न्यून गर्न समूदायलाई चेतना प्रदान गर्ने रहेको एएनएसकी अध्यक्ष प्रभा देउजाले बताईन्।
उक्त कार्यक्रमको सञ्चालन अमेरिकामा जन्मे हुर्केका दोश्रो पुस्ताका यूवाहरूले गरेका थिए।