दार्जिलिङमा प्रहरी-मोर्चा कार्यकर्ताबीच झडप, दुईको मृत्यु

तस्बिर: हिन्दुस्तान टाइम्स


दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चा र प्रहरीको झडपमा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक अमिताभ मलिक रहेको पुष्टी भएको छ। अर्का मृतक आन्दोलनकारी भने विमल गुरुङका समर्थक रहेको अनुमान गरिएको छ।

बिहान पाँच बजेदेखि नै सो क्षेत्रमा तनाव बढेको थियो । दुवैको मृत्यु केही घण्टा अगाडि मात्र भएको बताइएको छ। झडपको क्रममा दुवैतर्फका केही व्यक्तिहरू घाइते पनि भएका छन्।

नेता एवं आन्दोलनका कमाण्डर गुरुङ गत अगस्ट महिनादेखि भूमिगत छन्। दशैंको समय रोकिएको आन्दोलन विगत एक सातादेखि फेरी चर्किरहेको छ। पश्चिम बंगाल सरकारले व्यापक दमन गरेको आरोप दार्जिलिङबासीको रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.