क्यालिफोर्नियामा भीषण आगलागी, १० को मृत्यु


संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा भीषण आगलागी भएको छ। आगो तीव्र गतिमा फैलिरहेको छ।

हालसम्म कम्तीमा दशको मृत्यु र दुई व्यक्ति गम्भीर घाइते भएका छन् ।

आगो निभाउने साथै सुरक्षाका उपायहरू तत्काल  प्रबन्ध गरिएको क्यालिफोर्नियाका गर्भनर जेरी ब्राउनले बताएका छन्। उनले अहिले आपतकालीन स्थितिको घोषणा गरिसकेका छन्। क्यालिफोर्नियाको नापा, सोनोमा र मेन्डसिनो इलाकामा आगो सबैभन्दा बढी फैलिरहेको छ । यस क्षेत्र ‘वाइन’ बनाउनको लागि प्रसिद्ध छ ।

यहाँका हजारौँ घर तथा मानव निर्मित संरचानामा आगो लागिसकेको छ। आगोले के कति  क्षति भयो? त्यसको  पूर्ण विवरण भने आउन बाँकी छ। तीव्र हावाहुरी तथा वायु आद्रताको असन्तुलनका कारणले आगो व्यापक फैलिएकाले नियन्त्रणमा लिन कठिन भएको त्यहाँका अग्नि सुरक्षा प्रमुख किम पिमलोटले बताएका छन् ।

यसअघि गत सेप्टेम्बरमा पनि क्यालिफोर्नियाको लस एन्जलसमा भीषण आगलागी भएको थियो।

(एजेन्सीको सहयोगमा)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.