एनआरएन उपाध्यक्षमा सोनाम लामाको घोषणा


गैरआवासीय नेपाली संघ एनआरएन अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले यही अक्टोबरमा हुने महाधिवेशनका लागि उपाध्यक्षमा उम्मेदवारी दिने जनाएका छन्।

लामाले आइतबार (आज) विज्ञप्ति प्रकाशित गर्दै आगामी कार्यकालको लागि उनले सो घोषणा गरेका हुन्। एनआरएनको आठौं महाधिवेशन यही अक्टोबर १४–१७ सम्म काठमाडौंमा हुँदैछ।

सन् २००८ देखि एनआरएनमा जोडिँदै आएका लामा विगत दुई दशकदेखि अमेरिकाका स्थायी बासिन्दा हुन्। मुस्ताङमा जन्मिएका लामाले आफ्नै लगानीमा नेचुरल अर्गानिक फूड डिपार्टमेण्टल स्टोर अमेरिकाको विभिन्न शहरमा खोलेका छन्। उनले अर्गानिक फूड र होटल रेष्टुरेन्टमा लगानी गर्दै आएका छन्।

संघको अन्तरराष्ट्रिय समन्वय परिषदमा दुई/ दुई पटकसम्म कार्य गरिसकेका लामा क्षेत्रीय सहसंयोजक हुँदै हाल अमेरिका क्षेत्रको संयोजक पनि हुन्।

संसारको सबैभन्दा अग्लो स्थान मुस्ताङमा बुद्धमूर्ति स्थापना गर्ने अभियानमा जुटेका लामाले आपतकालीन कोष, विभिन्न अक्षयकोषलगायत बाढीपीडित हाल भूकम्पपीडितका लागि लाप्राकमा नमूना बस्ती बनाउने अभियानमा जुटेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.