बेल्जियम एनआर एनको अध्यक्षमा लोक दहालको उम्मेद्वारी


धादिङ बुढाथुमका लोक दाहाल बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्म क्षेत्र बनाउँदै आएका छन्। वर्तमान एनआरएन बेल्जियम राष्ट्रिय सम्मन्वय समितिको महासचिवसमेत रहेका दाहाल आगामी कार्यकालका लागि अध्यक्षमा उठेका छन्।

सन् १९९९ देखि बेल्जियम व्यवसाय गर्दै आएका उनी सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन्। बेल्जियमस्थित नेपालीहरुको हरेक दुःखमा साथ दिँदै आएका दाहला सन् २००० देखि सामाजिक सेवामा आफूलाई सक्रिय बनाएका छन्।

जनप्रगतिशिल मञ्चको वरिष्ठ उपाध्यक्ष समेत रहेका दाहाल सन् २०१३ देखि २०१५ सम्मा नेपाली ब्यवसायी संघ बेल्जियमको पनि महासचिव भएका थिए। २०१५ देखि बेलिज्यमको राष्ट्रिय भाषा डच भाषाको ज्ञान भएका दाहाल बेल्जियमस्थित “पिपुल टु पिपुल बेल्जियम” भन्ने संस्थाको आजिवन सदस्य भएर नेपालमा गएको भूकम्पमा परी घाइते भएकाको लद्धार र उपचारका लागि डाक्टर लिएर नेपाल आएका थिए।

बेल्जियमस्थित डाक्टरहरुको संस्था भि मेड ( V- MED ) भ्लान्दरन मेडिकल टिमका सदस्यता समेत रहेका उनले नेपालका मनाङ मुस्ताङ जस्ता विकट गाऊँहरुमा समेत आधारभुत स्वस्थ्य सम्बन्धि सेवा दिएका थिए।

केही समय पहिले मात्रै पनी बेल्जिक प्रसिद्ध डाक्टरहरुको एक टोलि लिएर नेपालका राउटे बस्तिका जोखिममा परेका बिरामीहरुको उपचार पनि गरेका थिए।

‘म नेपालमा हुँदा पनि समाज सेवामा रूची रहेको र बेल्जियम आए देखि नै कुनै न कुनै रुपमा नेपाली संघ संस्थाहरु मार्फत वा ब्यक्तिगत रुपमा पनि नेपाली समाजकै गतिविधिमा घुलमिल भैरहेकोले मेरो समाज सेवाको क्रमिक विकासकै रुपमा एनआरएनको अध्यक्षमा उठ्ने ठाऊँमा आईपुगेको हुँ,’ उनले भने, ‘यसमा कुनै ब्यक्तिगत पद प्रतिष्ठाको लागि नभइ बेल्जियमका नेपाली समाज र नेपाललाई मैले सकिने सेवालाई एनआरएन बेल्जिम मार्फत गरेमा अलि प्रभावकारी हुने ठानी उम्मेद्वारी दिएको हुँ।’

आफूले चुनाव जित्ने आधार भनेकै समाज सेवा र माया गर्दै साथ दिने बेल्जियमस्थित एनआरएनका सदस्य रहेको उनले बताए।

उनले सकेसम्म आफू सर्वसहमतिमै अध्यक्ष हुने दाबी गरे।

उनले यदि चुनाव भएर हार जित जे भए पनि जिते वा नजिते पनि आफूले गर्ने समाज सेवामा कुनै कमि नआउने बताए।

उनले आफू बेल्जियमस्थित नेपालीहरुकै आपत परेमा, कुनै समस्या परेमा वा दुःखको बेलामा हरेक प्रकारको सहयोगमा रात दिन नभनी लाग्ने प्रण समेत गरेका छन्। ‘यहाँ अझै बसाईको कानुनी समस्या भएकाहरुलाई मेरो हरेक प्रकारको साथ रहने छ, ब्यवसायिक सफलताको लागि ब्यवसायिक साथीहरुको साथमा रहने छु,’ उनले भने, ‘नेपालमा हुने गरेको कुनै पनि दैविप्रकोपमा अनुभूति हुने गरी राहात वा आवश्यक सहयोग पुर्‍याई बेल्जियमस्थित नेपालीको शीर ऊँचो पार्नेछु।’

नेपालमा पर्यटन प्रवद्र्धन तथा लगानीको लागि आफूले सक्दो पहल गर्ने भन्दैं उनले नेपाली दूतावास र नेपाली समाजको एकतालाई मझबुद गरी नेपाली वस्तुको युरोप ब्यापारमा सहयोग गर्ने बचन दिए।

उनले एनआरएनलाई सबै स्तरको नेपालीको पहुँचमा राख्न एनआरएनको सदस्यता र उम्मेदवार शूल्क पनि घटाउने बताए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.