ताइवानमा गत बुधबार बिहान गएको शक्तिशाली भूकम्पबाट फसेका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको छ।
भूकम्प गएको ६० घण्टापछि पनि एक भवनको भग्नावशेषमा फसेर रहेका सात व्यक्तिको उद्धारको लागि ठूलो संख्याका उद्धारकर्ताहरूले काम गरिरहेको बताइएको छ।
तालिवानको हुवालिन सहर प्रभावित हुनेगरी सो भूकम्प गएको थियो। सो भवनको भग्नावशेषमा फेसेका सात व्यक्तिमा पाँच ताइवानी र एक क्यानाडाली छन्। अर्का एकको परिचय खुलेको छैन।
यस भूकम्पमा परी दश जनाको ज्यान गएको छ भने अरु २७६ नराम्ररी घाइते भएका बताइएको छ। बुधबार बिहान गएको सो भूकम्प ६.५ रिक्टर स्केलको थियो।
अझै पनि क्षतिको विस्तृत विवरण भने प्राप्त हुन नसकेको अधिकारीहरूले जानकारी दिएका छन्। साथै भूकम्प प्रभवित क्षेत्रमा उद्वारको कार्य जारी रहेकोले क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको बताइएको छ।