पुनर्जन्म, बन्दीपुर

पुनर्जन्म, बन्दीपुर


मिर्लुङ ठूल्ढुङ्गामा जन्म भए पनि मेरो बन्दीपुरमा पुनर्जन्म भएको थियो। पुनर्जन्म त मेरो मात्र भएन, बन्दीपुर स्वयम्को पनि भयो। लामो आयु भएका सहरहरु धेरैपटक आवाद हुन्छन्, उजाडिन्छन्। बन्दीपुरचाहि“ मेरै आँखाअगाडि उजाडियो र फेरि बौरियो, बन्दीपुरेहरुको अथक प्रयासले।

२००३ साल।

“त्यस दिन म खानासाना पकाएर सबैलाई खुवाइसकेपछि सानो छोरा कान्तिको थाङ्ना र लुगा धुन र नुहाउनलाई तीनधारे पँधेरा गएँ। लुगाफाटा धोइसकेर नुहाउने तरखर गर्दै थिएँ, छिमेकी दिदी दौडिँदै आएको देखे“। उनले ‘ए कान्छी’ भनेर मलाई नै बोलाइरहेकी थिइन्। मैले नुहाउनलाई लुगा फेरिसकेकी थिएँ। दिदी रुँदै दौडिइरहेकी थिइन्। यसरी रुँदै आएर मलाई नै बोलाएको सुनेपछि मेरो मनमा लौ के भयो भनेर चिसो पस्यो। अलि नजिक आइपुगेपछि उनले रुँदै भनिन्– कान्छी, झ्यालबाट खसेर तेरो छोरा मर्‍यो।”

आमाले मलाई भन्नुभयो, “तिमी झ्यालबाट खसेका थियौ। तिमी तीन वर्ष पनि पुगेका थिएनौ। सबैले मर्‍यो भन्ने ठानेका थिए। तर, मैले विश्वास गरिनँ। म त्यही अर्धनग्ग अवस्थामै रुँदै चिच्याउँदै घर पुगेँ। म घर पुग्दा तिमी बेहोस थियौ। भुइँमा रगत जमेको थियो, तिमी ठूली फुपूको काखमा थियौ। टाउकोमा ठूलो चोट लागेको थियो। रगत बगिरहेको थियो।”

धेरै वर्षपछि मलाई सुनाउँदा पनि आमाले त्यस दिनको घटना कत्ति पनि बिर्सनुभएको थिएन।

“बेहोस भएकोतिमीलाईमैलेकाखमा लिएँ, अनि म आफैँ मुच्र्छापरिछु,” आमाले सुनाउनुभएको थियो।

टाउकोको चोट निकै गहिरो थियो। मेरो निधारमा अहिले पनि त्यसको खत छ।

हाम्रो घरअगाडि लप्टन बाको घर थियो। उहाँले मेरो घाउबाट बगिरहेको रगत रोक्नलाई निकै उपाय गर्नुभयो। अन्त्यमा ढुङ्गामा उम्रिएको च्याउ भुटेर धूलो पारी घाउमा लगाएपछि रगत रोकिएको थियो। आमा मुच्र्छामै हुनुहुन्थ्यो।

“कतिबेरपछि मलाई होस आयो। तिमी त अझै बेहोसमै थियौ। सासु ससुरा र वरिपरिका मान्छेले– तिम्रो छोरा मरिसक्यो, अब छोड्देऊ भनिरहेका थिए। तर, मैले विश्वास गर्न सकिनँ। लप्टन बाले तिम्रो नाडी छाम्नुभयो। नाडी चलिरहेकोथियो। लप्टनबालेभन्नुभयो– सास छउञ्जेल आश गर्नुपर्छ। तिमी तीन दिनसम्म बेहोस भयौ। तेस्रो दिन बल्ल आँखा चल्यो। सासको धड्कन पनि अलि बढ्यो। त्यो देखेर लप्टन बाले भन्नुभयो– ल कान्छी अब तिम्रोछोरा बच्यो। त्योतीन दिनसम्म मैलेपानी पनि खाएकी थिइनँ। लप्टन बाले त्यसो भनेपछि बल्ल मैले एक अम्खोरा पानी एक सास मै रित्याएँ,” आमाले भन्नुभयो।

हुन पनि त्योघटना एउटा चमत्कार नैथियो। त्यस दिन मेरोपुनर्जन्म भएको थियो। म ठूल्ढुङ्गामा जन्मिएको भए पनि मृत्युको अङ्गालोबाट निस्किएर मैले बन्दीपुरमा फेरि आँखा खोलेको थिएँ। यसैले म बन्दीपुरलाई पनि आ नो जन्मस्थल मान्छु।

होसमा आएपछि मैलेबाआमा कसैलाईपनि चिनिनँछु। करिब साढेदुई इन्च लामो र निक्कै गहिरो घाउले गर्दा मेरो चेतन र स्मृति गुमेको थियो। पूर्णरुपमा निको भएर सबैलाई चिन्न मलाई एक वर्ष लागेछ।

ढाक्रेका ट्वाकट्वाकमा ब्युँझिनेबन्दीपुर

बन्दीपुरको मेरो सबभन्दा पहिलो सम्झना निकै धमिलो छ। म २/३ वर्षको हुँदा होला, ठूल्ढुङ्गाबाट बन्दीपुर आउँदा डुम्रेबाट बाङ्गोटिङ्गो उकालो बाटोमा मलाई बोकेर बन्दीपुर पुर्‍याइएको थियो। त्यो अत्यासलाग्दो बन्दीपुरे उकालीमा आफैँ हिँडेकोचाहिँ धेरै पछि मात्र हो।

अहिलेको डुम्रेमा त्यस बखत चार पाँचवटा झुपडी मात्र थिए। पृथ्वी राजमार्ग धेरै वर्ष पछि मात्र खुलेको हो। राजमार्ग खुलेपछि बल्ल डुम्रे ठूलो बजार बनेको हो।

त्यस बेला पनि डुम्रेमा चिया खाएर बन्दीपुरकोउकालोलाग्नेगरिन्थ्यो। अलि ठूला मान्छेले रक्सी पनि खाइदिन्थे। माया निनीको भट्टीमा चुँदी खोलाको माछा भुटेर चिउरासँग खान पनि धेरैले रुचाउँथे।

बन्दीपुरमा बस्ती कहिलेदेखि बस्न थाल्यो भन्नेमा धेरै भनाइहरु छन्। पछि बन्दीपुरमा नेवारहरुको बस्ती बस्यो। नेवारहरु बन्दीपुर कसरी आए भन्नेमा सबभन्दा बढी विश्वास गरिएको कुराचाहिँ पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गरेको समयमा त्यहाँबाट भागेर आए भन्ने हो। कीर्तिपूरको लडाइँमा आ नोतर्फ धेरै क्षति भएको बदला लिन पृथ्वीनारायण शाहलेत्यहाँका मानिसहरुकोडोकाभरि नाक काटेका थिए भन्ने इतिहासमा छ। त्यस बेला त्रसित भएर घर छोडेर जानेहरुमध्येकेही बन्दीपुर आइपुगे भन्ने भनाइ छ। कोही पाल्पा, कोही पूर्वतिर पुगे।

नेवारहरु आउनुअघि बन्दीपुरमा मगर बस्ती थियो भन्ने मान्यता छ। क्षेत्रीहरुले मोहरिया गाउँमा बिर्ता पाएको भन्ने भनाइ पनि छ। त्यसका प्रमाण पनि छन्। यकिन नभए पनि नेवारहरुचाहिँ त्यसै बेलादेखि बसेको भन्ने मानिन्छ।

हाम्रो परिवारचाहिँ अलि  पछि  भक्तपुरबाट  गएको भन्ने हाम्रो अनुमान

छ। मेरा बाजेको पनि बा (जिजुबुबा) मिलिसिया आर्मीमा हुनुहुन्थ्यो रे। अहिले पनि हनुमानढोकामा कालो पोशाक लगाएर पहरा दिनेहरु हुन्छन्, तिनलाई मिलिसिया आर्मी भनिन्थ्यो। उहाँ घुम्दै फिर्दै बन्दीपुर आइपुगेर यतै पिया परिवारकी चेलीसँग बिहेवारी गरेर बस्नुभएको भन्ने हाम्रो पारिवारिक इतिहास छ। पछिसम्म पनि उहाँ पेन्सन लिन जानुहुन्थ्यो रे। पेन्सन लिएर फर्किंदा कि आउँदादेखि बाटोमा गोरखा जिल्लाको आरुघाट नआइपुग्दै बाटोमै बित्नुभएको रे। त्यो बेला मेरो बाजेहरु १८/२० वर्ष पुगिसक्नुभएको र उहाँहरु गएर सद्गद् गरेर आउनुभएको रे।

हाम्रो ठ्याक्कै लिखित इतिहास छैन। सबै बन्दीपुरे नेवार भक्तपुरे भन्ने भएकालेहामी पनि भक्तपुरेनैहोला भन्नेहाम्रोअड्कल हो। केहीकोत अझै पनि यता सम्बन्ध छ। बन्दीपुरमा श्रेष्ठ, पिया, प्रधान, जोशी, मल्ल, कायस्थ, सुल्पे आदि थरी नेवारहरु छन्। मेरा ससुराली पिया हुन्। पियाहरुको अझै पनि जग्गा छ भक्तपुरमा। केही वर्षअघिसम्म मोहीहरु तपाईंको भागमा यति आउँछ भनेर दिन आउँछन् भन्थे। अहिलेचाहिँ केही गडबडी भएको सुन्छु।

बन्दीपुरमा हाम्रो तीन तलाको ठूलो घर थियो। केटाकेटीसमेत गरेर हाम्रोपरिवारमा त्यस बेला २४ जना थियौँ। एउटैघरमा नअटाउने। त्यसैले अर्को घर पनि थियो। पछि बाजेहरु छुट्टिएपछि तीन बाजेका तीनवटा घर भए।

बन्दीपुरमा हाम्रो कपडा पसल थियो। यसका साथै भारतीय रुपैयाँ साट्ने काम पनि हुन्थ्यो। बन्दीपुरमा त्यति बेला मनाङका मानिसहरु निकै आउँथे। सामान किन्न र व्यापार गर्न उनीहरु भारत जान्थे। उताबाट सामान ल्यायो, यता ल्याएर बेच्यो। भारतमा सामान किन्नलाई उनीहरुलाई भारतीय रुपैयाँ चाहिन्थ्यो। त्यति बेला बन्दीपुरमा बैङ्क थिएन। यसैलेनोट साट्ने काम पनि यहाँका पसलमा नै हुन्थ्यो। त्यो बेला भारु भन्ने चलन थिएन। देसी नोट भनिन्थ्यो।

त्यस  बेला  ढाक्रेहरु  नुन  तेल  लिन  आउँथे।  तनहुँ,  लमजुङ,  गोरखा र मनाङका ढाक्रेहरु बन्दीपुर भएर चितवन जान आउँथे। त्यति बेला बन्दीपुरमा नुनतेल पाइँदैनथ्यो।

तपाईं अहिले बन्दीपुर बजार पुग्नुभयो भने बजारको बीचमा ढुङ्गा बिछ्याएको देख्नुहुन्छ। त्यस्ता ढुङ्गा पहिले पनि थिए। ढुङ्गा भएका कारण राती ब्युझिँदा पनि हामी नुन बोक्ने ढाक्रेहरुले लौरी टेकेर हि“डेको ट्वाकट्वाक आवाज सुन्थ्यौँ। खासगरी हिउँदमा त रातैभरि यस्तो आवाज आउँथ्यो। आउने जाने चलिरहन्थ्यो।

मनाङबाट आउनेचाहिँ प्रायः बन्दीपुरमा बास बसेर मात्रै जान्थे। किनभनेउनीहरुसँग खर्चहुँदैनथ्यो। खर्चबन्दीपुरमा आएर उठाउँथे। घरमा ढोकै थुनेर आउँथे रे। बच्चा पनि हुन्थे। बच्चालाई पनि सानातिना भारी बोकाएका हुन्थे। त्यस बेला मनाङबाट आउने सबैलाई भोटे भनिन्थ्यो। हिमाली भेकलाई भोट भन्ने चलन थियो। त्यसैले त्यहाँबाट आउनेलाई सबैले भोटे भन्थे।

खर्च उठाउनका लागि उनीहरुसँग बेच्नका लागि तीन चीज हुन्थ्यो। एउटा भोटे कुकुरको बच्चा, दोस्रो जिम्बु र तेस्रो सियो। बाटोमा खानका लागि चाहिने चामलसँग उनीहरु यी कुरा साट्थे।

नुन तेल र कपडा लिन ठोरी र दिल्ली

पहिले पहिले बन्दीपुरेहरु नुन तेल लिन भारतको कानपुर र दिल्ली बम्बईसम्म पुग्थे। पछि ठोरीमा पाइन थाल्यो। २०१०/११ सालतिर बन्दीपुरेहरुले नारायणगढमा झुपडी बनाएर बस्न थालेपछि उनीहरुलेनारायणगढमा नुनतेल राख्न थाले। नारायणगढमा हाम्रो पनि पसल थियो। काकाहरु जाँदाखेरी एक–दुईपटक म पनि पछिपछि गएको थिएँ।

नारायणगढमा  हाम्रो पक्की  घर  थिएन,  झुपडी  थियो।  नुन  तेल  र अरू घरायसी        सामानको पसल  थियो।        नुनका        बोराहरु      सबै पसलबाहिर राखिन्थ्यो। पानी पर्ला भनेर टाटले छोपिएको हुन्थ्यो।

एक दिन म नारायणगढको पसलमा गएको बेला थियो। सबैजना एक्कासी ‘आयो आयो’ भन्दै कराउँदै घरभित्र पसे र ढोका लगाए। मलाई के आयो, किन मानिसहरु यसरी आत्तिएका हुन् भन्ने थाहा थिएन। पछि थाहा भयो, गैँडाको बथान आएको रहेछ। बाहिर राखिएको नुन खान गैँडा आउँदोरहेछ। गैँडाका हूलै आएर नुनका बोरा चाट्दा रहेछन्।

गैँडाले केहीबेर मजाले नुन चाटे। अनि फर्किएर गए। गैँडा गएपछि सबैजना ‘गयो गयो’ भन्दै घरबाट बाहिर निस्किए।

मनाङबाहेक उत्तरतिरका गोरखा, लमजुङतिरका पसलेहरुले पनि बन्दीपुरबाट सामान लैजान्थे। खुद्रासँगसँगै पसलेहरुले थोकमा पनि सामान लैजान्थे। उनीहरुलाई उधारो दिइन्थ्यो। अनि ३/४ महिनाकोएकपटक पैसा उठाउन गइन्थ्यो।

हाम्रा तीनैजना बाजेका जेठा छोराहरु ठूला भएपछि तीनटा जिल्लामा शाखा पसलहरु खोलेर उनीहरुलाई खटाइयो। मेरो बाले तनहुँको मिर्लुङ ठूल्ढुङ्गा, जेठा बाजेको छोराले लमजुङको कुन्छा र कान्छा बाजेका छोराले गोरखाको बतासेको पसल जिम्मा पाए। घरबाट छुट्टिइसकेपछि पनि हाम्रो बा मिर्लुङमा बस्नुको कारण त्यही थियो। छोराहरुले पनि स्वतन्त्रतापूर्वक व्यापार सह्माल्न सकून् भन्ने बाजेहरुको मनसाय थियो। यसरी बाआमा ठूल्ढुङ्गा जानुभएकाले मेरो जन्म पनि ठूल्ढुङ्गामा नै भएको थियो।

कपडा किन्न र पैसा उठाउन कहिलेकाहीँ म पनि जान्थेँ। म भारतचाहिँ गइनँ। काठमाडौंमा त म विद्यार्थी हुँदाखेरी पनि उताबाट भरियाहरुले पैसा लिएर आउँथे काका र म यताबाट कपडा किनेर पठाइदिन्थे।

वीरगञ्जचाहिँ म सामान लिन धेरैपटक गएको छु। कहिलेकाहीँ काका मामाहरुसँग जान्थेँ। कहिले एक्लै पनि गएँ। त्यति बेला रेडिमेड कपडा हुँदैनथ्यो। कपडाका थानथान नै हुन्थ्यो। गुन्युँ धेरैजसो ९ हातको हुन्थ्यो, बिहाको चाहिँ १२ हातको वा बढी हुन्थ्यो। त्यति खेर धेरैजसो सूती कपडा नै हुन्थ्यो। पोलिस्टर, नाइलन त धेरैपछि आएको हो।

८० रुपैयाँको भैँसी

बाआमा मिर्लुङ ठूल्ढुङ्गामा बस्नुहुन्थ्यो। कपडाको दोकान थियो। बन्दीपुरबाट मिर्लुङसम्म हिँडेर जाँदा हामीलाई छ सात घण्टा लाग्थ्यो। आजभोलि मोटरबाटो छ। जम्मा पचास किलोमिटर जति टाढाको यो बाटो गाडीमा झण्डै तीन घण्टा जति लाग्छ। बाटो धेरै कच्ची नै छ।

ठूल्ढुङ्गाको कपडा बजारमा पहिले हाम्रो एकाधिकार नै थियो। बिहाको लगन कहिले आउला र लगनको कपडा बेच्न पाइएला भन्ने हुन्थ्यो। लगनको कपडामा फरिया, चोलो, पटुकाहरु पर्थे। बिहाको पूरा सेट बेच्दा ७/८ सयको व्यापार भयो भने राम्रो मानिन्थ्यो। बिहा भनेपछि सकेसम्म राम्रै सामान किन्थे। चोलोचाहिँ बिहामा सक्नेले मखमलको किन्थे। खासगरी गुरुङहरुले मखमल किन्थे। एउटा चोलोको कपडाको मोल तीन रुपैयाँ, धेरै दामी छ भने पाँच रुपैयाँसम्म पथ्र्यो।

२००७/०८ सालतिर अहिले जस्तो जेलाई पनि धेरै पैसा पर्थेन। एकपटक बाले एउटा भैँसी किनेर ल्याउनुभयो। त्यो भैँसीको मोल ८० रुपैयाँ थियो। मिर्लुङ डाँडाभरि बन्दीपुरे जेठाले ८० रुपैयाँमा भैँसी ल्याएको छ भन्ने हल्ला भएर कस्तो भैँसी रहेछ यति धेरै पैसाको भनेर हेर्न डाँडा नै उल्टिएर हाम्रो घरमा आएका थिए।

मिर्लुङमा बढी सामान किन्ने गुरुङहरु नै हुन्थे। बाहुन क्षेत्री पनि थिए तर उनीहरुको आवश्यकता कम हुन्थ्यो। गुरुङ मगरमा पनि जो लाहुरे हुन्थ्यो उसले बढी सामान किन्थ्यो। ब्रिटिस गोर्खामा भएका हङकङ लाहुरे, ब्रुनाईका लाहुरे, मलेसियन लाहुरे, इन्डियाका लाहुरे र त्यसपछि नेपालका लाहुरेले किन्थे। मिर्लुङका बासिन्दा मुख्य त गुरुङ नै हुन्। मगर कमै छन्।

गुरुङहरुको विशेषता के भने कसैलाई यो मान्छे ठीक छ भनेर लाग्यो भनेएकदम विश्वास गर्ने। ठीक छैन भनेपछि एकदमैअविश्वास गर्ने। बालाई पूरै गाउँले निकै विश्वास गर्थे। बाहिरबाट आउने लाहुरेले ल्याएको पैसा वा कसैले पठाएको पैसा छ भने राख्न बालाई नै दिन्थे। बन्दीपुरे साहुलाई राख्न दियोभने सुरक्षित हुन्छ भन्ने सबैले मान्थे। यसरी दिएको पैसाको कुनै रसिद हुँदैनथ्यो। त्यो बेला रसिदको चलन पनि थिएन।

पैसा लिएर आउँथे र भन्थे, “ल यो पैसा राखिदेऊ। जे गर्नुपर्छ गर तर श्रीपञ्चमीको दिन मलाई चाहिन्छ।”

धेरैजसोले त्यो पैसाले खेतबारी किन्थे। श्रीपञ्चमीको दिनमा प्रायः त्यस्तो कारोबार हुन्थ्यो। ५ महिनाअगाडि होस्, १०/११ महिना अगाडि होस् पैसा राख्न दिएको छ भने त्यतिन्जेलसम्म माग्न आउँदैनथे। श्रीपञ्चमीको दिनचाहिँ ठीक पारिराख्नुपर्ने। त्यतिन्जेलसम्म बैङ्कले चलाएजसरी हामीले आनन्दले चलाउन पाउने।

बाले एउटा बहीमा फलानोबाट यति पैसा लिएको भनेर लेख्नुहुन्थ्यो। उनीहरुले न ब्याज माग्थे न रसिद। उनीहरुलाई यसकोमा राख्यो भने पैसा

हराउँदैन भन्ने विश्वास थियो। आ नो घरमा राख्यो भने हराउला अथवा जाँड रक्सीमा सिद्धिएला भन्ने डर हुन्थ्यो।

सेनामा भर्ती हुनेबाहेक प्रायः सबैको जिविकोपार्जनको माध्यम कृषि नै हुन्थ्यो। धेरैजसो बाहुनहरु कृषिमा थिए। उनीहरु बेसीबेसी खोज्थे, धान हुने ठाउँ। गुरूङहरूचाहिँ माथिमाथि खोज्थे। उनीहरुलाई माथिमाथि कोदो राम्रो फल्ने ठाउँ चाहिन्थ्यो। उनीहरुलाई जाँड खान पनि कोदो चाहिने। पछिपछि गएर गुरुङहरु पनि बाठा भए। अब हामी पनि बेसी झर्नुपर्‍यो, धान फल्ने खेत चाहियो भन्न थाले।

पहिलापहिला त औलोको डरले पनि मानिसहरु माथि डाँडामा बस्थे। दमौलीमा चाहिँ त्यहीँका स्थानीय दराई, बोटेहरुबाहेक अरू टिक्दैनथे। अझ तराईतिर, चितवनमा पहिलेथारुहरु थिए। औलोउन्मूलन भएपछि त्योकुरा हरायो। धेरै बाहुन क्षेत्रीहरु त माथि डाँडामा बसे पनि धान फल्ने खेतचाहिँ बेसीमै किन्थे।

बन्दीपुरमा त्यति खेर पसलमा चामल बेच्नेत कमैहुन्थ्यो। सट्टापट्टाचाहिँ चल्थ्यो। मेरो घरमा घिरौँला फलेको छ, उसको बारीमा चिचिन्डा छ, मलाई चिचिन्डा खान मन लाग्यो भने घिरौँलासँग साट्ने। अथवा उसको चामल छैन उसकोमा तरकारी फलेको छ भने तरकारीसँग चामल साट्ने। यसरी साट्नेचाहिँ हुन्थ्यो। तर, आ नै खेतबारीको तरकारी, चामलहरुको किनबेचै भएको चाहिँ मलाई थाहा छैन। त्यो धेरैपछि सुरू भयो।

हाम्रो धेरैजसो खेत गोरखाको च्याङलिङ क्षेत्रमा थियो। पहिलेको बेसीसहर हिँडेर जाने बाटोमा पालुङटार आउनुभन्दा अगाडि भन्सारटारबाट तल झरेर मस्र्याङ्दी तरेपछि सतिघाट आउँछ। त्यहाँदेखि पूर्व पट्टी बीचमा मजुवा छ। उता पूर्णेपिपल यता विमलनगर। हाम्रो धेरै खेत यिनै ठाउँमा छन्।

पहिले सरकारलाई यति पैसा कर बुझाउँछु भनेर सरकारबाट खेतबारीहरु लिएका मान्छेहरु मलेरियाका कारण बस्न नसकेर भागेपछि सरकारले यो जग्गाको बाँकी असुली पहिलेको जसले तिर्छ उसको नाममा दर्ता गरिदिने भएको रहेछ। त्यसमा मेरा बाजेहरुले त्यो क्षेत्रको धेरै जग्गा कबुल्नुभयो।

कबुल्नु त भयो तर खेती कसरी गर्ने ? आफैँले त्यत्रो जग्गामा खेती गर्न सकिन्थेन। अनि वरिपरिका गोरखा, लम्जुङ, कास्की, स्याङ्जासम्म गएर बोटे, माझी, कुमालहरुलाई लिएर आउनुभयो। यी जातिका मानिसहरु पहिलेदेखि नै बेसीमा बस्थे। यिनले मलेरिया पचाइसकेका थिए। त्यो बेला उनीहरुलाईकुरिया भनिन्थ्यो। जस्तैः यिनीहरु जसकोघरमा कुरिया बसेको छ, उसलाई ऋण तिरिदियो भने उनीहरु आ नो भयो। पश्चिम तराईमा कमैया भनेजस्तो।

त्यसरी मानिस ल्याएर यहाँ अधियाँमा खेती गरेर बस भनेर राख्नुभएको भन्ने मैले सुनेको। अहिले पनि त्यो क्षेत्रमा माझी, बोटेर कुमालहरुको बस्ती छ। हामीले चाहिँ च्याङलिङ र त्यो क्षेत्रका जग्गाजमिन धेरैजसो बेचिसक्यौँ।

१०/१५ सालतिर बन्दीपुरको जनसङ्ख्या कति थियो ठ्याक्कै भन्न गाह्रो छ। बन्दीपुर गाउँ पञ्चायतभरि ५/६ हजार पनि मान्छे थिएनन् होला। बन्दीपुर मात्रैको त २/३ हजार मात्रै हुँदो हो। बीचमा बढ्यो। फेरि घट्यो। फेरि अहिले बढ्दै गयो।

बन्दीपुर डाँडोको टुप्पोमा भएकाले निकै राम्रो हावा चल्छ। उत्तरतिर हेर्‍यो भने आँखै अगाडि हिमाल मुस्कुराएको देखिन्छ। वातावरण स्वच्छ, मान्छे सरल। यति सुन्दर ठाउँ भए पनि एउटा कुराको चाहिँ साह्रै दुःख थियो। त्यो थियो पिउने पानी। उचाइमा भएकाले खोला र ठूला खोल्साहरु थिएनन्। दुई तीन वटा पँधेरा थिए। मान्छेहरु राति ३–४ बजेदेखि नै पानी लिन जान्थे। हाम्रा फुपूहरु, आमाहरू गाग्री बोकेर कुखुरा बास्नुअघि नै नजिकको पँधेरा (तीनधारा) मा जानुभएको मलाई याद छ। लाइन बस्नुपर्ने, पालो मिच्यो भने झगडा हुने। अर्को पनि एउटा कुवा थियो तर त्यसको पानीचाहिँ लुगा धुन, गाईभैँसीलाई खुवाउन प्रयोग हुन्थ्यो। खानलाई चाहिँ पाँचवटा धारा भएको तीनधाराको पानी ल्याइन्थ्यो।

बन्दीपुरको विकास र पञ्चायत

२०१६–१७ सालतिर धाराको पानी आयो। पारिपट्टिको झारगाउँ भन्ने गुरुङ गाउँमाथिको डाँडादेखि पानी ल्याइएको थियो। बस्ती बढ्दै गएपछि त्यो पनि कम भयो। फेरि अर्को ठाउँबाट ल्याइयो। पछि पानी ल्याएकै ठाउँमा बस्ती बढ्यो। अनि, हाम्रो पानी कहाँ लान पाइन्छ भन्न थाले। फेरि उनीहरुलाई आधा पानी दिइयो। फेरि अर्को ठाउँबाट ल्याइयो। अहिले धरमपानीतिरको पानी तल ल्याएर त्यहाँबाट मोटरलेतानेर बन्दीपुर ल्याइएको छ। धरमपानी खोँचबाट पानी ल्याएर बजारभन्दा झन्डै तीन–चार सय फिट तलै रिजभ्र्वायर बनाइएको छ। त्यहाँबाट पम्प लगाएर माथि तानेर अनि वितरण गरिएको छ। त्यसैले लोडसेडिङ भएर बिजुली आएन भने पानी पनि हुँदैन।

जिल्ला अस्पताल बन्नुअगाडि सम्म स्वास्थ्यको पनि समस्या नै थियो। धेरै आमाहरुको प्रसुतिको समस्याले मृत्यु भएको छ। शिक्षामा जिल्लाको पहिलो हाइस्कुल भानु बन्दीपुरकै हो। तर वरपर छरिएका गाउँमा स्कुलहरु थिएनन्। यी सबै समस्या त थिए नै।

हामीलाई थाहा हुनु अगाडिदेखि नै बन्दीपुर जिल्लाको सदरमुकाम थियो। सेन वंशको पालादेखि नै बन्दीपुरलाई राजधानी मानिएको थियो। तनहुँसुरमा राजाको दरबार हुँदाखेरी पनि बन्दीपुरलाई दोस्रो राजधानी बनाइएको थियो।

मैले थाहा पाउँदा बन्दीपुरमा सेनाको सानो ब्यारेक थियो, पुलिस थाना थियो, अदालत थियो, मालअड्डा थियो, हुलाक थियो। पछि आएर स्वास्थ्य चौकी भयो अनि जिल्ला अस्पताल भयो। पहिले हामी सानोसानो हुँदाखेरी त्यो माथि जम्मै एकै ठाउँमा थियो। पछि अदालत तल तीनधारानिर गयो, मालअड्डा अनि आर्मी ब्यारेक त्यहीँ रह्यो, खड्गदेवी मन्दिरनजिक।

पञ्चायतकाल सुरु भएपछि केही अड्डाहरु बजारको घरतिर पनि सरे। २०१७/१८ सालतिर बजारको घरमा राखेको मलाई याद छ। म २०१६ सालमा शिक्षक भएको हुँ। त्यति बेला बन्दीपुरमा बिजुली आएको थिएन। हामी लाल्टिन बाल्थ्यौँ। बन्दीपुरमा बिजुली कहिले आयो म ठ्याक्कै भन्न सक्दिनँ। सदरमुकाम हुन्जेलसम्म थिएन कि।

सडकचाहिँ सदरमुकाम सर्नुकेहीअघि जनश्रमदानद्वारा खन्न सुरु गरेको हो। पञ्चायतकालमा बाटो खन्ने काम सुरु भयो। पछि बहुदल कालमा पिच भएको हो।

ठूल्ढुङ्गामा शाखा व्यापार भए पनि हाम्रो मुख्य पसल बन्दीपुरमै थियो। यसैले यता जम्मा भएको पैसा पनि बन्दीपुर नै पठाइन्थ्यो। सामान पनि भरियासँग मगाइन्थ्यो। यो–यो सामान चाहियो भनेर लिस्ट बनाएर पठायो। बन्दीपुरबाट किनेर पठाइदिन्थे।

म लमजुङ कुन्छाको पसलमा पनि एकपटक पुगेको थिएँ। त्यति बेला हामी छुट्टिइसकेका थियौँ। गोरखा बतासेको पसलमा चाहिँ कहिल्यै पुगिनँ। बतासे भन्ने ठाउँ गोरखा बजार र मनकामनाको बीचतिर पर्छ। पछि बतासेको पसल छोडेर काकाहरु तार्कुघाट झर्नुभयो। पसल त्यहीँ राख्नुभयो।

सन् १९६७ तिर बाले ठूल्ढुङ्गा छोड्नुभयो। अहिले झन्डै ५० वर्ष पुग्न लाग्यो। बन्दीपुरको पसल पनि सदरमुकाम सरेपछि सुक्यो। एक त काकाहरु चितवन झर्नुभयो, त्यहीँ पसल राख्न थाल्नुभयो। बन्दीपुर बस्ने कोही भएन। त्यस बेलासम्म छुट्टा भिन्न नभए पनि आपसी मनमुटाव भइसकेको थियो। पछि त सबै छिन्नभिन्न नै भयो। ठूल्ढुङ्गा पसल बन्द गरेर आएपछि बाको काम नै भएन। बन्दीपुरको पसल बन्द भइसकेको थियो।

मेरो मावली चोक चिसापानी हो। बन्दीपुरबाट ठूल्ढुङ्गा गयो। ठूल्ढुङ्गाबाट डाँडाडाँडै बयापानी भन्ज्याङ, अलि अगाडि पुगेपछि फेरि माथि निस्किएपछि चोक हटिया आइपुग्छ। नेवारहरुको बस्ती। म मावली जाने भनेपछि असाध्यै खुसी हुन्थेँ। मौका मिल्यो कि गइरहन्थेँ। सानो हुँदाखेरी खुसी हुनुको कारण बज्यै र माइजूले बनाएर खुवाउने योमरी हुन्थ्यो।

अलि ठूलो भएपछि चाहिँ मावलीमा घरमै पारेको रक्सी र कुखुराको मासु खाइन्थ्यो। मलाई खुब मन पथ्र्यो। अझै पनि त्यस बेलाको स्वाद मैले भुलेको छैन। मावल मलाई असाध्यै प्यारो थियो। बज्यैले पनि उत्तिकै माया गर्ने। सानो हुँदाखेरी माइजूले यिनीहरु थाके भनेर राती सुत्दाखेरी तेल लगाइदिनुहुन्थ्यो। अनि आनन्दले निद्रा लाग्थ्यो।

मामाघरको बाजे पछि सन्यासी जोगीजस्तै भएर बस्नुभयो। घरचाहिँ त्याग्नुभएन तर पूरै जोगीकै रुपमा बस्नुभयो।

पुनर्जन्म दिएको ठाउँ भएर होला, बन्दीपुर मलाई सबैभन्दा प्यारो लाग्छ। प्राणदान दिनेभन्दा ठूलो को हुन्छ र ?

पुनर्जन्म त मेरो मात्रै होइन बन्दीपुरकै पनि भयो। इतिहासमा नै कतिपटक यसको पुनर्जन्म भएको थियो होला। मेरै आँखाअगाडि पनि मानिसहरुले छोडेर घोस्ट टाउन बनेको बन्दीपुरको पुनर्जन्म भयो। यसको कथा पनि म भन्नेछु।

 

घुमिफिरि बन्दिपुर पुस्तक आइतबार राजधानीमा बिमोचन हुँदैछ। 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.