अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने महोत्तरीको गौशाला नगरपालिका कार्यालयका सबइन्जिनियर शत्रुघ्नकुमार साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सबइन्जिनियर साह सोही नगरपालिकाको तरकारी बजारमा ढलान गर्ने कार्य सम्पन्न भएपछि बिल भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग रु चार लाख ५० हजार घुस लिँदालिँदै पक्राउ परेका हुन् ।
साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ द्वारा परिभाषित कसुर गरेको पाइएकाले हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस