जनयुद्वले फेरेको घान्द्रुक


पोखराबाट करिब पाँचघण्टा बस र पैदयात्रा छिचोलेर गुरुङ बस्तीको घान्दु्रक पुग्यौं। जहाँ ९० प्रतिशत गुरूङको बसोबास रहेछ। मैले थाहा पाउँदादेखि सुनेको नाम घान्द्रुक । आउने मन त्यो बेलादेखि हो । तर, अवसर नर्जुदा घान्द्रुक मनमै थियो । घान्द्रुकको चित्र मानसपटलमा थिएन । कस्तो होला भनेर कल्पनामा पनि अटाएन । गाउ“घरको सामान्य चित्र आउ“थ्यो । त्यही चित्र हो घान्द्रुकको ।

तर, जव मौका मिल्यो । घान्द्रुकको चित्र फरक रहेछ । गुरुङहरुले परापूर्वकालदेखिको संस्कृति बचाएर राखेका रहेछन् । गुरुङहरुको कला, संस्कृति र उनीहरुले प्रयोग गर्ने औजारहरु राखिएको पूरानो संग्राहालय देख्दा हाम्रा गाउ“हरुले किन घान्द्रुक जसरी सभ्यता बचाउन सकेन भन्ने लाग्यो । ढुंगैढुंगाले बनिएका घर र ढुङ्गैको छाना पनि । ढुङ्गेनी घर हेर्दा फरक आनन्द आयो । जव माओवादी सशस्त्र जनयुद्ध छेडियो । त्यसपछि यि गाउ“मा बन्ने घरहरुमा पनि पिल्लर जोडिन थालेछ । हाल अधिकांस घरहरु पिल्लरका बन्न थालेछन् । जनयुद्धले घान्द्रुकको पूरानो घरहरुको संस्कृति फेरेछ ।

धन्य जनयुद्ध, कम्तीमा तिमीले घान्द्रुकमा एउटा क्रान्ति त गरेछौं । तर, त्यो क्रान्तिले कालान्तरमा घान्द्रुकको पूरानो शैलीलाई, पूरानो रितिरिवाज र पूरानो कलाकौशललाई धुलिसात गर्ने त हैन् । त्यो डर मैले देखे“ । त्यो नहोस् कामना गरौं । झण्डै घान्द्रुक भरी १४ देखि १७ सय घरधुरी रहेछन् । अहिले संख्यात्मक रुपमा केही बढेको कुरा यहाँका अग्रजहरुले बताए । घान्द्रुकले खच्चड प्रयोग गरेर पर्यटकहरुका लागि चाहिने सबै कुरा जुटाउँदा रहेछन् ।

हरेक घर ‘होमस्टे’ । स्वागत गर्ने शैली पनि गुरुङ शैली । त्यही भएर होला पोखरा आउने पर्यटकहरुलाई घान्द्रुकले तानेको । गुरुङ शैली झै पूर्वका आदिवासी राई, लिम्बूले पनि पर्यटकहरुलाई संस्कृतिमा अभ्यस्त बनाउन सके पर्यटक भित्रिने एउटा आधार बन्थ्यो । जसरी यहाँका गुरुङहरुको परम्परागत शैलीशिल्प र सँस्कृति हेर्न पर्यटकहरुको ओइरो लाग्छन् । त्यसरी नै पूर्वका राई र लिम्बूहरुको संस्कृतिलाई बेच्ने हो भने आन्तरिक मात्रै हैन, बाह्य पर्यटकहरु पनि आर्कषित हुन्थे होलान् । राई र लिम्बूहरुको अथाह कलासँस्कृति, पूख्र्यौैैली कुराहरुलाई बचाउ“ने हो भने पूर्व पनि घान्द्रुक जस्तै नमुना हुन्थ्यो । त्यो कुरा घान्द्रुकबाट पूर्वले सिक्ने हो कि ?

घान्दु्रकको केही वडाहरुमा अहिले पनि परम्परागत घरहरु देख्न सकिन्छ । त्यहाँ अहिले पनि जनयुद्धको क्रान्तिलाई पछ्याएको छैन् । न त जनयुद्धले छोएको छ । भूकम्पले पनि ती परम्परागत घरहरुलाई ‘गोरखाको बारपाक’ जसरी चिमोटेको छैन् । उ त्यती निर्दयी बनेको छैन् घान्द्रुकको हकमा । त्यही संस्कृति र परम्परागत कौशललाई जोगाएर नै अहिले घान्द्रुक ‘घान्द्रुक’ बनेको रहेछ । अन्नपूर्ण रेञ्जमा हरेक दिन आउने ‘कुइरे, चाइनिज’ पर्यटकहरु केही रात गुजारेर गन्तब्य नाप्छन् । नजिकबाट देखिने हिमाली दृष्यहरुलाई ‘वाउ’ भन्दै बिहानीको चियाकफीको चुस्की लिन्छन् । कतिपय त घान्द्रुकबाटै फर्किने रहेछन् ।

घान्द्रुकले स्वागतद्वारबाटै आफ्नो परिचय खुलाएको रहेछ । कति होटल छन्, कति होमस्टे छन् भन्ने बारेमा ‘सूचना टाँस’ गरेको छ । आन्तरिक होस् या बाह्य उसले त्यो सू“चना पढेर आवासको लागि निश्चित गर्न सक्छ । अहिले घान्द्रुकलाई सवारीस“ग जोड्न गाउँलेहरु प्रयासरत छन् । खच्चडले खुवाउने अन्नपानी अव सवारीले खुवाउने तरखर गर्दै छ । निकट भविश्यमै घान्द्रुकमा खच्चड खुवाउने अन्नपानी ‘चारपाग्रे’ ले खुवाउने छ । र, त्यो बेला हालको जस्तो परम्परागत स्वाद हराउला कि ?

अहिले पनि किम्ची (घान्द्रुक गाविसमै पर्ने एउटा गाउँ) सम्म सवारीहरु तछाडमछाड गरी आइपुग्दा रहेछन् । एउटा गाडी मात्रै हिड्ने सडकमा जर्वजस्ती गाडीहरु आरपार भएको देख्दा मनै सिरिङ भएर आउ“छ । पोखरादेखि नयाँपुलसम्म सहज आउने बसहरु पनि त्यहा“बाट किम्चीका लागि छुट्टिदा असिन–पसिन भएर मात्रै किम्ची आइपुग्ने रहेछन् । किम्चीबाट पैदलमार्गमार्फत् घान्द्रुक आइपुग्दा पदयात्रीहरु आनन्द महसुस गर्छन् । त्यो बीचमा पर्ने कतिपय गाउँहरु बाटो आएकै कारण ‘कोरिबाटी र सिगारपटार गरेर बेहुली’ झै बन्ने होडमा ठडिदै रहेछन् । ढुंगाले बनेका घरहरु ‘होलो ब्लक’ (ढुंगा, बालुवा र मिसगिटी मिश्रित इटा) ले सजिदै रहेछन् ।

हाम्रा नमुना गाउँहरु यसरी नै ‘दिन दुईगुणा, रात चौगुणा’ परिवर्तित हुँदै छन् । सुन्दरताको नाममा कुरुपता थपिरहेका छौं । गर्मी बढाइरहेका छौं । यो रेशमा हाम्रा नेपालीहरु कहिलेसम्म लाग्ने हुन् त्यसको लेखाजोखा नहोला । पोखरादेखि जति उकालियो । उति नै खेतहरु ‘प्लटिङ’ ले ढाँड भाचिरहेको रहेछ । सब्जी, धान खेती हुने हेम्जालाई प्लटिङले उस्तै गरी कुरुप बनाएको छ । आलुको प्रख्यात हेम्जा त्यो विद्रुप रुप देख्दा लाग्थ्यो, नेपालीहरुले जानेको यति हो । तर, कतिपय ठाउ“मा जौ“ लहहल देख्दा भने मनले सान्तवना पाउथ्यो । हामीले सानोमा खुबै सुनेको चर्चित गीत ‘मुटु छुने लुम्लेको हावाले’ यो गीत झै“ जौंका बोटहरुलाई लुम्लेको हावाले छोइरहदा प्रसन्नताले मन विभोर हुन्थ्यो ।

त्यो बेला धरानको सेछ ट्राभलिङले ‘समिट उच्चमावि’ को शिक्षक विद्यार्थीहरुलाई गराएको पा“चदिने टुरलाई मनले धन्यवाद नदिरहन सक्दैनथ्यो । जहा“ एकदिनको रात काटेर फर्किने कार्यक्रम थियो । त्यही क्रममा हामी पोखराबाट घान्दु्रकका लागि उकालिएका थियौं । साथमा समिटका प्राचार्य रमेश दाहाल, शिक्षक अनिमेस बास्तोला, होटल सेछका पथप्रदर्शक भाइ शिव मगर र होटल म्यानेजमेन्ट एण्ड टुरिजम पढिरहेका १४ विद्यार्थीहरु साथमा थिए ।

विद्यार्थीहरु पनि नयाँ गन्तब्यमा जान पाउँदाको खुसी अनुहारबाट झल्किन्थ्यो । किम्चीबाट पदयात्रामा घान्दु्रकको लागि उकालिदा सबैको हातमा सेल्फीस्टिकहरु देखिन्थे । कोही भिडियो खिच्न मस्त थिए, कोही सेल्फी लिन ।

प्रविधिले नयाँ पूस्तालाई यति नजिक्याएको छ कि उनीहरुले चाहेजस्तो फोटो तथा भिडियोहरु क्लिक गर्न सक्छन् । त्यो पनि आफ्नै, क्षणभरमै । हाम्रा बाउबाजे जस्ले श्यामस्वेत तस्बिर खिच्न पनि धेरैदिनको पैदलयात्रापछि मात्रै अवसर प्राप्त गर्थे । त्यो पनि सर्तक शैलीमा फोटो खिचेर फर्किन्थे । र, कयौंदिनपछि त्यो हात लाग्थ्यो । आफ्नै फोटो हेर्दा लज्जावती झार झै हुन्थे । अव त्यो जमाना रहेन । भर्चुअल वल्र्डका युवा पूस्ताहरु । नदेखेरै पनि त्यसको आनन्द लिन सक्ने पूस्ताहरू।

किम्चीबाट हिँड्दा कोही धेरै अघि थिए । कोही धेरै पछि । झण्डै ढेडघण्टाको हिडाईपछि आइपुगिने घान्द्रुकमा उनीहरुको मन गढेको थियो । हामीले बसका चालक र सहचालकलाई किम्चीमै विदाईका हात हल्लायौं । बाटोमा घान्द्रुकलाई विदाईका हात हल्लाउनेहरु पनि थुप्रै भेटिन्थे । विशेष गरी पोखराबाट आएका टोली हुन्थे ।

पोखराबासीलाई सहज छ । एकदिने टुर प्याकेज बनाउँदा पनि हुने । सहजै आइपुगिने र सहजै फर्किन सकिने भएकाले अहिले पोखराबासीलाई घान्द्रुक पानीपधेरो हुन थालेको छ । किम्चीका सवारी चालक बलबहादुर पुन भन्दै थिए ‘यहाँबाडी एक–एकघण्टामा पोखराका लागि गाडी छुट्छन् । काठमाडौंको लागि ३ वटा बस छुट्छन् ।’

उनी सहयोगी चालक थिए । उनले नयाँपुलबाट गाडी छुटेसी धेरै ठाउँमा चालकलाई सहयोग गरे । स्थानीय भएकाले पनि उनी बाटोबारे अभ्यस्त थिए । खराब बाटो आउँदै छ भन्ने पूर्व जानकारी थियो उनलाई त्यो बारेमा चालकलाई जानकारी गराउथे र सजग हुन आग्रह गर्थे । किम्चीमा उत्रिँदा उनीसँग पनि हामीले विदाईका हात हल्लायौं । र, घान्द्रुकका लागि छुट्यौं । घान्द्रुकलाई सजाउन जहाँ खच्चडले सिमेन्ट, बालुवा र ढुङ्गा बोक्दै थियो । फलामे रडहरु उक्लिदै थिए ।

पछिल्लो समय २० भन्दा माथि घरहरु पिल्लरका ठडिइसके । गाउलेहरु पिल्लरको घर ठडिन थालेपछि चिन्तित थिए । घान्दु्रकको अस्तित्व मेटिने डर उनीहरुमा थियो । अधिकांस गाउँबासी पिल्लरको घरप्रति गहिरो चिन्ता व्यक्त गर्थे । ढुङ्गेनी घर, जसले घान्द्रुकको अस्तित्वलाई जोगाएको छ । त्यही घरको कामना गर्थे स्थानीयहरु ।
घान्द्रुकको ढुङ्गेनी घर, जुन घरहरु हेर्नका लागि मात्रै वर्षेनी मानिषहरु आउने गरेको स्थानीयको भनाइ छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.