पोखरेल र शर्मालाई रूद्रमान स्मृति ग्रामिण पर्यटन पत्रकारिता पुरस्कार


पत्रकार द्वय सन्तोष पोखरेल र  लालप्रसाद शर्मा क्याप्टेन रूद्रमान स्मृति ग्रामिण पर्यटन पत्रकारिता पुरस्कार २०७३ बाट सम्मानित हुने भएका छन्।

होम स्टेका पिता स्वर्गिय क्याप्टेन रूद्रमान गुरुङको स्मृतिमा गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ)द्धारा स्थापित पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ।

गाउँ पर्यटनको प्रवर्धनमा निरन्तर कलम चलाउने नागरिक दैनिक र कान्तिपुर दैनिकका पत्रकारद्वयदाई आगामी आइतबार हुने भिटोफ पोखराको महाधिवेशनमा प्रदान गरिने छ।

भिटोफ प्रदेश नं. ४ ले पहिलो पटक प्रदान गर्न लागेको उक्त पुरस्कारको छनोट पत्रकार अमृत भादगाउँलेको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले गरेको हो।

समितिको सदस्यमा नेपाल पर्यटन बोर्ड कास्कीका वरिष्ट अधिकृत सूर्य थपलिया र भिटोफ प्रदेश नं. ४ का उपाध्यक्ष राजेश पहारी सदस्य थिए।

स्याङ्जाको सिरूवारीलाई नेपालकै पहिलो पर्यटन गाउँ घोषणा गरी होमस्टे सञ्चालन गरेकाले गुरूङलाई गाउँ पर्यटनका पिता भनेर चिनिन्छ।

पोखरा २२ पुम्दीभुम्दीस्थित कालवाङ घडेरी होमस्टेमा आइतबार भिटोफ प्रदेश नं. ४ को दोस्रो अधिवेसन हुने भिटोभ कास्कीका अध्यक्ष तारानाथ पहारीले बताए। ‘अब हामीले हरेक वर्ष गाउँ पर्यटन तथा घरवास कार्यक्रमको प्रवर्धन तथा विकासमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्‍याउने दुई जना पत्रकारलाई नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्ने निर्णय गरेका हौ। यो कार्यक्रमलाई हामी निरन्तरता दिनेछौ,’ पहारीले भने।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.