आहा ! बल्थली


काठमाडौंको चर्को कोलाहल, धुलो र धुँवाको सास्तीबाट छुटकारा पाउने सोचाइँमा हुनुहुन्छ या साप्ताहिक बिदाको समयमा कता जाने, के गर्ने भन्ने सोचिरहनु भएको छ। यदि त्यस्तो हो भनै एउटा नजिकको गन्तब्य काभ्रेको बल्थली हुनसक्छ।

राजधानीको कोलाहलबाट आजित भएकाहरुलाई प्रकृतिसँग रम्नका लागि उत्कृष्ट गन्तब्य हो बल्थली। ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यहाँ खुलेका रिसोर्ट मात्र होइन होमस्टेले पनि बल्थली जाने जो कोहीलाई आतिथ्य सत्कारसहित त्यहाँको बसाईलाई रमणिय बनाउनेछ।

ग्रामीण वातावरणमा पर्यटकीय आनन्द बटुल्न ठूलो संख्यामा पर्यटकहरु अहिले बल्थलीलाई गन्तब्य बनाउन थालेका छन्। अघिल्लो वर्षको तुलनामा तेब्बर बढी पर्यटक बल्थली पुगेका छन्। पहिले पहिले होटल र रिसोर्टमा बस्ने आन्तरिक एवम् बाह्य पर्यटकको पहिलो रोजाइ अहिले होमस्टे बन्ने गरेको छ।

काभ्रेपलाञ्चोक जिल्लाको बल्थली वरिपरि साँच्चीकै मनमोहक र रमाइलो छ । हेर्नुहोस् फोटोफिचरमा बल्थलीका मनमोहक दृश्यहरु ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.