कालापत्थरबाट संसारको छानो हेर्दा…


चारैतिर हिमालै हिमाल बिचमा आफू उभिन पाउँदा कस्को पो मन नरमाउँला। अझ विश्वको सर्वोच्च शिखर सगरमाथा आँखै अगाडी देख्न पाउँदा संसारै जितेजस्तो लाग्यो। समुन्द्री सतह बाट ५ हजार ५ सय ५५ मिटर उचाईमा रहेको कालापत्थरबाट सगरमाथा हेर्न गत साता एउटा कार्यक्रमले जुराइदिएको थियो।

सगरमाथा हेर्न सबैभन्दा उपयुक्त स्थल हो कालपत्थर। बर्षेनी हजारौ संख्यामा स्वदेशी तथा विदेशी कालापत्थर पुग्छन्। ३६० डिग्रीमा हिमालहरुको दृश्य हेर्ने स्थल हो कालापत्सथर।

कालापत्थर हेर्न पुगेका विदेशी पर्यटकहरुलाई कालपत्थरबाट नेपाल र चीनका कुन कुन हिमाल देख्न सकिन्छ भन्ने सूचना राखिदिएको छैन।

‘कालापथ्थरबाट कुन कुन हिमाल देख्न सकिन्छ, पर्यटकका लागि यस्तो सूचनाहरू राखिएको भए कालापत्थर आउने पर्यटकलाई राम्रो हुन्छ, तर त्यस्तो केही सूचना र सन्देशहरू नभउको पर्यटन ब्यबसायी एव‌ हिमालयन गार्इड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताए।

‘ जती पनि सगरमाथा क्षेत्रमा पर्यटनका विकासका कुरा भएका छन् सबै निजी ब्यबसायीले गरेका छन्। सरकारले नगरेको होईन तर सरकारले गरेको कामको प्रभाव देखिएका छैनन्,’ सगरमाथा प्रवेशद्धारका रुपले प्रख्यात नाम्चेका ब्यबसायी पासड शेर्पाले भने, ‘पर्यटकालई जानकारी दिने खासै सूचना केही छैन। जती पर्यटकलाई सँगै आउने गाईडले दिन्छन् त्यती मात्र हो। कती पर्यटकहरु एक्लै आएका हुन्छन् तिनीहरुलाई जानकारी दिने कुनै त्यस्तो अवस्था सगरमाथा पदयात्रामा छैन।’

कुन कुन हिमाल देखिन्छ?

कालापत्थबाट छुम्बु (६८५९ मि), पुमोरी(७१३८मि),लिंगट्रेन(६७४९मि),खुम्बुत्से (६६६५ मि), चाडगात्से (७५४३ मि),सगरमाथा (८८४८ मि),नुप्तसे (७८६१ मि),कोडमत्से (५८४९ मि),आमादब्लम(६८१४ मि) लगाएत दजनौ हिमालहरु देख्न सकिन्छ।

कसरी पुग्ने?

कालापत्थर पुग्न सगरमाथाको पदयात्राको अन्तिम स्थल गोरखसेप (५१६४ मिटर) बाट ३ घण्टा उकालो हिड्नु पर्छ।

सगरमाथा आरोहण तथा सगरमाथा पदयात्राका लागि यो नै अन्तिम होटल तथा मानिसको बस्ती रहेको स्थल हो। यो भन्दा माथि कुनै बस्ति छैन।

कालापत्थ पुग्नका दश दिन लाग्छ। उच्च स्थामा भएका कारण लेक लाग्ने सम्भावना भएकाले विस्तारै विस्तारै जानु पर्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.