कर्णाली प्रदेशको पर्यटन विकसामा गुरू योजना बनाउन जरूरीः मन्त्री बुढा


पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले कर्णाली प्रदेशको पर्यटकीय गुरू योजना बनाउन जरूरी रहेको बताएका छन्।

राज्य मन्त्री बुढाले कर्णाली प्रदेशको समृद्धीको आधार भनेको पर्यटन भएकाले पर्यटीय गुरु योजना बनाउन जरुरी रहेको बताए। उनले कर्णाली प्रदेश प्राकृतिक तथा सांस्कृतिक रूपले निकै धनी प्रदेश भएको भन्दै धनी भएर पनि यो क्षेत्रबाट राज्य तथा स्थानीयले त्यती फाइदा लिन नसकेको बताए।

स्थानीय तथा राज्यलाई फाईदा हुने योजना बनाउन जरूरी रहेको औल्याउँदै मन्त्री बुढाले यसका लागि प्रयास तथा छलफल भइरहेको बताए।

‘सायद केही दिनमै यसको परिणाम बाहिर आउला। यो प्रदेशमा देशकै तथा विश्वकै नमुमा स्थानहरु छन्,’ उनले भने, ‘नेपालको सबैभन्दा ठूलो ताल रारा ताल, नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम हुम्ला सिमीकोट, नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डो ताल, विश्वको सबैभन्दा उच्च स्थानमा रहको मानववस्ती डोल्पाको छर्कालगाएत १ हजार वर्ष पुराना हल्जी गुम्बा लगायत धेरै ऐतिहासिक गुम्बा तथा मन्दिरहरू यो प्रदेशमै छन्।’

यसको उचित प्रसार प्रसार तथा प्रवर्धन हुन नसकेको भन्दै मन्त्री बुढाले पनी गुरू योजना बनाएर अघि बढ्नुपर्ने बताए।

कर्णाली प्रदेशको समग्र पर्यटनको अवस्था र भविष्यको योजना बनाउन जरूरी रहेको भन्दै उनले यो क्षेत्रको जनप्रतिनिधि तथा राज्यको मन्त्रीको हैसियले आफूले केही अनौपचारीक रुपमा छलफल अगाडि बढाइसकेको जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.