म्याग्दीमा नयाँ पदमार्गः करबाकेली इको ट्रेक 


म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ एक्सप्लोर हुने भएको छ। स्थानीयको सक्रियता एवं कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा पोखराबाट पुनहिल हुँदै फूलबारी, काफल डाँडा, करबाकेली थान भएर बेनी निस्कने पदमार्ग एक्सप्लोर गर्न लागिएको हो।

पोखराबाट निस्कने यात्रीले ५ दिन छुट्टयाउनु पर्नेछ। पोखराबाट तीखेढुँगासम्म जीपमा गएर पहिलो बास उल्लेरीमा हुनेछ। दोस्रो बास घोडेपानीमा। तेस्रो दिन  पुनहिल भएरु फूलबारी हुँदै बास बस्न करबाकेली थान पुग्न सकिन्छ। चौंथो दिन बेनीमा बास।

करबाकेलीबाट बेनी निस्कन तीन विकल्प हुनेछ। पहिलो त्यहाँबाट बैसेरी हुँदै बेनी झर्ने, दोस्रो त्यहाँबाट मल्लाज झर्ने र तेस्रो फलामे डाँडा हुँदै बेनी निस्कने। पदयात्रीले इच्छा अनुसार रुट छनोट गर्न सक्नेछन्।

करबाकेलीबाट गुर्जादखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छे« लगायत हिमालको लर्कन देखिन्छ। सजिलो, छोटो र सस्तो पदयात्राका लागि यो मार्ग उपयुक्त हुन्छ।

काफल डाँडा (२,३३० मिटर) पवित्र भूमी हो। करबाकेली पुन समुदायका देवता हुन्। करबाकेली अनुसन्धान समिति काठमाडौं र करबाकेली संरक्षण समिति काफलडाँडाको पहलमा करबाकेली थान बनाइएको छ जहाँ करबाकेली बाबा, उनका दुई श्रीमती हिमला र फिमला, जेठा छोरा रामचन एवं कान्छा छोरा कुलचनका मूर्ति छन्।

प्रस्तावित करबाकेली पदमार्गमा हिमाली सौन्दर्यका साथै पुन समुदायको संस्कार, संस्कृति र जीवनशैलीमा रमाउन सकिन्छ। स्थानीय याम पुन र चामबहादुर लगायत गाउँलेको पहलमा नयाँ पदमार्ग एक्सप्लोर गर्ने तयारी भैरहेको छ। उनीहरुको होस्टेमा टे«किङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्ड लगायत संस्थाले हैंसे गर्दैछन्।

करबाकेली क्षेत्रमा होटल तथा लज सुविधा छ। यो मार्गमा पर्यटकले पुन समुदायको पुख्र्यौली, सालैजो, यानीमाया, ठाडी भाका, शिरफूले लगायत संस्कृती अध्ययन गर्न पाउनेछन्।

चैत तेस्रो साता काठमाडौंको विज्ञ टोली झिकाएर पदयात्रा एक्सप्लोर गरिँदैछ। टोलीमा हिमालयन म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्य, पर्यटन विज्ञ  शुरेन्द्र राना, फोटोग्राफर बद्रि दाहाल, पत्रकार अमृत भादगाउँले लगायत सहभागि हुँदैछन्।

एक्सप्लोरेशनपछि पदमार्गको नक्शा, भिडियो, पोस्टर, ब्रोसर, बुकलेट र पुस्तिका प्रकाशन गरिने छ।

म्याग्दी उद्योग वाणिज्य संघले ०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाउँदैछ। त्यही अबसरमा आगामी जेठभित्रै करबाकेली ट्रेक लन्च गर्ने योजना छ। संघका पर्यटन संयोजक राजेश शाक्य भन्छन्, ‘हामी करबाकेली क्षेत्रको पनि प्रवद्र्धन गर्नेछौं।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.