छुपुमा छुपु हिलोमा धान….. – Setopati Nepal's Online Newspaper

छुपुमा छुपु हिलोमा धान…..

नुवाकोटको बुढीशेरामा रोपाईँको रौनक!


गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले यो वर्षको धान दिवस तथा रोपाइँ महोत्सव राजधानीबाट ३५ किलोमिटर टाढा नुवाकोटको शिवपुरीमा मनाएको छ।

शिवपुरी ७ स्थित बुढीशेरामा बिहिबार आयोजित भब्य कार्यक्रममा स्थानीय सांस्कृतिक कार्यक्रम, दही चिउरा र चुट्की गीतहररूको साथमा रोपाईँ गरेर मनायो। १५० भन्दा धेरै पर्यटन ब्यवसायी, स्थानिय, पर्यटन बोर्ड, टान, ऐनएमए र अन्य संघ सस्थाको पदाधिकारीहरुको समेतको सहभागी कार्यक्रममा धान रोपेर हिलोसमेत खेलेका थिए।

पर्यटन बोर्डका बरिष्ट अधिकृत सुधन सुवेदीले रोपाई अन्न उब्जानुसँग मात्र नभएर रमाईलो चाडको रूपमा समेत विकास भइरहेको बताए।

वर्षमा एकपटक धर्ति र माटो छुने मौका पनि यही असार १५ ले दिएको भन्दै सुवेदीले बढ्दो सहरिकारणले रोपाई गर्ने  खेत भेट्नै समस्या हुने प्रतिक्रिया दिए।

त्यसैगरी , भिटोफका सह-कोषाध्यक्ष कृष्ण बहादुर सुबेदीले यो रोपाईँ महोत्सव संस्थाको गाँउ पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गरिने बिभिन्न कार्यक्रम मध्येकै एक भएको बताए।

उनले यस्ता कार्यक्रमले कृषि पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने बताए।

महोत्सव पर्यटन बोर्डको प्रमुख सहयोग र ट्रेकिङ ऐजेन्सिज् ऐसोसिएसन नेपाल, नेपाल पर्वतारोहण संघ, गणेश हिमाल पर्यटन विकास समिति र नेपाल क्यानन्योईङ संघको सहयोगमा आयोजना भएको थियो।

हेर्नुहोस् केही तस्बिरहरू  

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.