चार हजार मत गन्दा वीरगन्जमा राजेशमान फेरि अगाडि


वीरगन्ज महानगरपालिको ४ वडाको चार हजार मत  गणना हुँदा  मेयरमा कांग्रेस उम्मेदवारलाई पछि पार्दै राजपा उम्मेदवारले अग्रता लिएका छन्।

वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ को मतगणनाको पछिल्लो परिणाममा राजपा उम्मेदवार राजेशमान सिंहले १२४९ मत पाएका छन्।

केही समय अग्रता लिएका कांग्रेस उम्मेदवार अजय द्वीवेदी भने अहिले पछि परेका छन्। उनले ११०२ मत पाएका छन्। अहिले मत गणना भइरहेको छपकैया लगायत क्षेत्रमा राजपाको बलियो प्रभाव छ।

अहिलेसम्मको मतपरिणाममा संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगी  तेस्रो स्थानमा छन्। उनले  ७६४ मत पाएका छन् भने  भने एमाले उम्मेदवार बसुरूद्दिन अन्सारीले ५७७ मत पाएका छन्। माओवादी केन्द्रका रहबर अन्सारी ४६५ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.