राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आज रक्षाबन्धन बाँधेकी छिन् । पण्डित खेमचन्द्र ढकालले राष्ट्रपति भण्डारीलाई सम्पूर्ण नेपालीको दीर्घायु र ऐश्वर्यको कामनासहित रक्षबन्धन बाँधिदिएको राष्ट्रपति कार्यालयले बताएको छ ।
यसैक्रममा राष्ट्रपति भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गरेकी छिन् । शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गरेकी सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जानकारी दिए ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रम निवास बालुवाटारमा रक्षाबन्धन ग्रहण गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारी र प्रम देउवालाई सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदी, राजयोगी ऐर, राजयोगी तिलकबहादुर शाही, राजयोगिनी अमरजित कौरलगायतले राखी प्रदान गर्नुभएको थियो । रासस