विराटनगर महानगरपालिकाको वडामा एमालेले खाता खोल्यो


नेकपा एमालेले विराटनगर महानगरपालिकाको वडामा जितको खाता खोलेको छ। वडा नम्बर २ मा कुमार पोख्रेल विजयी भएका छन्।

२० वर्षअगाडि पनि वडा नम्बर २ मा एमाले विजयी भएको थियो। यसपालि महानगरपालिकामा एमालेको सोचेजस्तो सुरुवात हुन नसकेपछि थुप्रै वडाहरुमा पुरानो साख गुमाउने अनुमानका बीच एमालेले २०५४ सालमा जितेको वडालाई निरन्तरता दिएको हो।

तीनपैनी र सरस्वती टोल समेटेको यस वडामा २० वर्ष अगाडि प्रविन (पारु) उप्रेतीले जितेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.