गोरखा २ मा नयाँ शक्तिका बाबुराम भट्टराईले पहिलो पटक अग्रता लिएका छन्।
बिहीबार राति दोस्रो पटक सार्वजनिक मतपरिणाम अनुसार भट्टराईले ८३० र नारायणकाजी श्रेष्ठले ७६६ मत ल्याएका छन्।
जिल्ला समन्वय समितिको सभाहलमा गरिएको मतगणनामा पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाको मतगणना जारी छ।
यसअघि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा माओवादी केन्द्रका नेता श्रेष्ठले अग्रता लिएका थिए।